८ पुस २०८२, मंगलबार | December 23, 2025

गुल्मीमा कांग्रेस जिताउन गुल्मेली कांग्रेसजन रुपन्देहीमा संगठित



बुटवल । गुल्मीको रुरुक्षेत्रबाट झरेर रुपन्देहीका बिभिन्न स्थानमा बसोबास गर्दै आएका कांग्रेस समर्थकहरुले आगामी चुनावमा गुल्मी गएर कांग्रेसलाई चिताउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाली कांग्रेसको रुरुक्षेत्र(रुपन्देही सम्पर्क समितिको पहिलो अधिवेशनमा भेलाभएका गुल्मेली कांग्रेस समर्थकहरुले मंसिर ४ गते गुल्मी पुगेर कांग्रेसको पक्षमा जनमत तयार गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनीहरुले संगठित भएमात्र संस्थाको महत्व बढ्ने भन्दै एकतालाई बलियो बनाउने प्रण समेत गरे । राजनीतिक र सामाजिक भावनालाई जोडेर योगदान गर्ने लक्ष्य लिए अवश्य सफलता हात लाग्ने कांग्रेस रुरुक्षेत्र गाँउ समितिका अध्यक्ष अध्यक्ष देवेद्र मल्लले बताए ।

कार्यक्रमको उदघाटन गर्दै उनले पहाडी संस्कृतिलाई तराईमा स्थापित गर्न समेत संघसंस्थाहरुको योगदान रहने बताए । कार्यक्रममा उद्योगी गोपाल ज्ञवाली, स्थानीय हरि ज्ञवाली, विष्णु ज्ञवाली, नारायण ज्ञवाली, दुर्गा ज्ञवाली, बिनोद ज्ञवाली लगायतले समाज रुपान्तरमा योगदान दिन सबै लाग्नुपर्ने बताएका थिए ।

बैठकबाट दिवाकर ज्ञवालीको सभापतित्वमा नया नेतृत्व सर्वसम्मत चयन भएको छ । सम्र्क समितिकोे उपसभापतिमा बरुण पौडेल, मैना ज्ञवाली, सचिव दुर्गामणी ज्ञवाली, सहसचिव बिनोद ज्ञवाली र शालिकराम ज्ञवाली, सदस्यहरुमा मदन ज्ञवाली, राजु थापा, कमल चन्द, अशोक घिमिरे, सुशिल बराल, किरण मल्ल, खेमराज ज्ञवाली, कृष्ण प्रसाद गौतम, चिरन्जीवी ज्ञवाली, श्रीराम पन्थ, भुवनेश्वर भण्डारी, छबिलाल पौडेल, निरन्जन राना, सफल थापा, बिशाल गिरी, नारायण ज्ञवाली चयन भएका छन् ।

कार्यक्रम कांग्रेसका युवा नेता तिलक मल्लको सभापतित्वमा भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  ६ : २४ बजे

निर्वाचन सफल बनाउने विषयमा मुख्य दल र सरकारबीच समझदारी

काठमाडौँ । आगामी फागुन २१ गतेको निर्वाचन सम्पन्न गर्नका लागि

१४३ पूर्व सांसदहरुले गराए प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध १४३ पूर्व सांसदको हस्ताक्षरसहितको थप

वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज

काठमाडौँ । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहित २ वडा अध्यक्षलाई १५/१५ दिन कैद सजायको फैसला

दाङ । पूर्व—पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही– भालुबाङ सडक खण्डमा

जाँचबुझ आयोगद्वारा दुवाडी, खापुङ र रिजालको स्थानहद फुकुवा

काठमाडौं । जेन–जी आन्दोलनपछि गठन भएको सरकारले बनाएको ‘भदौ २३