४ पुस २०८२, शुक्रबार | December 19, 2025

ट्रम्पका पूर्व रक्षामन्त्री म्याटिस भन्छन्, – ट्रम्पले ‘झुठो द्वन्द्व’ सिर्जना गरे, अमेरिका विभाजित बनाए



अमेरिकी पूर्व रक्षामन्त्री जेम्स म्याटिसले ह्वाइट हाउस नजिकै भइरहेका प्रदर्शन नियन्त्रणका लागि सेना परिचालन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको धम्कीले देशको सेना र नागरिक समाजबीच “झुठो द्वन्द्व” सिर्जना गर्ने किसिमको बताउनु भएको छ ।

सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको निर्णयप्रति असहमति जनाएर सन् २०१८ डिसेम्बरमा राजीनामा गरेका म्याटिसले भने, “मैले यो साताका घटनाक्रमलाई नियालीरहेको छु, र यसबाट मलाई क्रुद्ध बनाएको छ ।”

राष्ट्रपति ट्रम्पका विरुद्धमा यसअघि उनले कुनै पनि प्रतिक्रिया दिन चाहेका थिएनन्। तर प्रहरी नियन्त्रणमा रहेका जर्ज फ्लोएडको मृत्यु भएपछि देशव्यापी विरोध प्रदर्शनबीच म्याटिसले आफ्नो भनाई सार्वजनिक गरेका हुन् ।

म्याटिसको भनाई सार्वजनिक भएसँगै राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै जेम्स म्याटिसलाई चाहिनेभन्दा बढी महत्व दिइएको प्रतिक्रिया दिएका छन् । उनले मलाई म्याटिसको नेतृत्व गर्ने शैली बिल्कुलै चित्त नबुझेको बताए ।
तर, म्याटिसले भनेका छन्, “डोनाल्ड ट्रम्पले अमेरिकी जनतालाई एकताबद्ध गराउन कहिल्यै प्रयास गरेको मैले पाइनँ । उनी हामीलाई विभाजन गर्न चाहन्छन् । हामीले तीन वर्षदेखि यही शैली पाएका छौं । हामीले ट्रम्पबाट परिपक्व नेतृत्व नै पाउन सकेनौं ।”

म्याटिसले ट्रम्प बाहेक अरु अमेरिकीहरु एकताबद्ध हुन पनि आह्वान गरेका छन् । प्रदर्शनकारीका बारेमा प्रतिक्रिया दिँदै म्याटिसले ठूलो संख्याका नागरिकले कानुन बमोजिम समान न्याय पाउनुपर्नेमा जोड दिएका छन् ।
एजेन्सी

प्रकाशित मिति : २२ जेष्ठ २०७७, बिहिबार  ३ : ११ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको