८ असार २०८३, सोमबार | June 23, 2026

भोलिसम्म सिट बाँटफाँटको टुंगो लाग्छ, मनोनयपछि संसद रहँदैन : प्रचण्ड



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन दलहरुबीच भोलि बुधबार सिट बाँटफाँटको टुंगो लाग्ने बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुगेका अध्यक्ष प्रचण्डले भोलिसम्म सिट बाँटबाँटको टुंगो लाग्ने बताएका हुन् । प्रचण्डले सबै दलहरु लचकताका साथ प्रस्तुत हुने विश्वास व्यक्त गर्दै प्रचण्डले सबै विषयमा बुधबार शीर्ष नेताहरु बसेर टुंग्याउने बताए ।

प्रचण्डले १०० सिटको दाबी गरेको कांग्रेस, ६० सिटको दाबी गरेको माओवादी र २५÷२५ सिटको दाबी गरेका एकीकृत समाजवादी र जनता समाजवादी पार्टी अब भोलि लचक भएर प्रस्तुत हुने विश्वास व्यक्त गरे । उनले कांग्रेस ८० सिटको आसपासमा सहमतिमा आउने जनाउँदै आफ्नो पार्टी पनि ६० सिट भन्दा तल झर्ने बताए । प्रचण्डले आज साँझसम्म सिट बाँटफाँट कार्यदलले प्रतिवेदन बुझाउने जानकारी पनि दिए ।

अध्यक्ष प्रचण्डले निर्वाचनका लागि मनोनयन दर्तापछि प्रतिनिधिसभा र प्रदेशसभा नरहने प्रष्ट पारे । उनले भने, ‘एक्दम क्लियर, त्यहाँ दुविधा रहनै पर्दैन, मनोनयन पछि संसद रहँदैन ।’ गठबन्धन दलहरुबीच संसदको आयु लम्ब्याउन नुहुने विषयमा छलफलभएको उनले बताए ।

प्रकाशित मिति : २१ भदौ २०७९, मंगलबार  ११ : १२ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका