२३ बैशाख २०८३, बुधबार | May 6, 2026

प्रचण्ड र जनार्दनबीच सवाल जवाफ, प्रचण्डले भने – ‘तपाईंलाई हुर्काउन मेरो ठूलो भूमिका छ’



काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबीच एकै मञ्चमा सवाल जवाफ भएको छ ।

काठमाडौंको राष्ट्रियसभा गृहमा अखिल क्रान्तिकारीले आयोजना गरेको क्रान्तिकारी फोर्स घोषणा कार्यक्रममा शर्माले उपमहासचिवको हैसियतमा नभै संगठन विभाग प्रमुखको हैसियतमा उपस्थित भएको र पार्टी नीति र नेतृत्वको विषयमा टिप्पणी गरेपछि प्रचण्डले जवाफ फर्काएका हुन् ।

जनार्दनले भनेका थिए, ‘म नीति र नेतृत्वलाई सदैव रक्षा गर्ने मान्छे हुँ, सही नीति र नेतृत्वको अहिले पनि रक्षा गर्ने मेरो दायित्व हो । त्यो कुरामा म गम्भीर छु तर नीति र नेतृत्व सही ढंगले अघि बढ्नुपर्छ भन्ने मेरो माग हो ।’

प्रचण्डले नेताहरुलाई हुर्काउन आफ्नो पनि ठूलो भूमिका रहेको बताउँदै क्रान्तिकारी विचारलाई पक्डेर उत्तराधिकारीको रुपमा आउनसक्ने बन्न सुझाव दिए । उनले भने, ‘जनार्दनजीले जाँदाजाँदै भन्नुभयो, नीति र नेतृत्वको रक्षाको कुरा । म तपाईहरुलाई भन्न चाहान्छु –जनार्दनलाई रक्षा गर्न र हुर्काउन प्रचण्डको मुख्य भूमिका हो भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।’

प्रचण्डले अबको आफ्नो सपना पार्टीमा राम्रो उत्तराधिकारी तयार बनुन भन्ने रहेको समेत जिकिर गरे । ‘म त जनयुद्धको तयारीको पनि नेतृत्व गरेँ, संविधान र गणतन्त्रको पनि नेतृत्व गरेँ । अब मेरो सपना के हो त भने राम्रो उत्तराधिकारी तयार हुन् । तिनले पार्टीलाई एकतावद्ध गरेर लैजाऊन् । तिनले तमाम क्रान्तिकारीलाई सहि स्कुलिङ गरुन् र हाम्रो क्रान्तिकारी विरासत र परम्परालाई अगाडि बढाउन ।’ प्रचण्डले भने ‘हजारौ र लाखौं उत्तराधिकारी तयार हुन् यही मेरो सपना छ ।’

प्रचण्डले नेता कार्यकर्तालाई उदारताका साथ ठुलो छाती लिएर अघि बढन आग्रह समेत गरे ।

प्रकाशित मिति : २२ भदौ २०७९, बुधबार  ३ : २६ बजे

भैरहवामा रहेको रोयल कालिङ्गा क्यासिनोमा जुवा खेल्दै गरेका १९ नेपाली पक्राउ

बुटवल । रुपन्देहीको सिद्धार्थनगरस्थित क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा १९ नेपाली

नाकामा भन्सार कडाइले नेपालतर्फको बजारमा बढ्यो चहलपहल

सुदूरपश्चिम । भारततर्फबाट आयात हुने मालसामानमा सीमा क्षेत्रमा भन्सार कडाइ

निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीको वातावरण बनाए सरकारको आर्थिक वृद्धिको लक्ष्य सजिलै हासिल हुन्छ : अध्यक्ष ढकाल

काठमाडौं । चन्द्रप्रसाद ढकाल नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्षको तीनवर्षे

अष्ट्रेलियाको विन्डम सिटी र गोदावरी नगरपालिकाबीच ‘मित्रता शहर’ सम्झौता

काठमाडौं । अष्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबीच

अवरुद्ध केही मुख्य राजमार्गमा यातायात सुरु

काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण