१५ माघ २०८२, बिहिबार | January 30, 2026

बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन



काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितियाको निधन भएको छ । महारानी एजिलावेथको स्कटल्याण्डस्थित बालमोरलमा बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो ।

बेलायतमा ७० वर्ष शासन चलाएकी एजिलावेथको स्वास्थ्य अवस्था जटिल भएपछि उनका सबै परिवार बिहीबार बालमोरलमा भेला भएको बकिङ्घम दरबारले जनाएको छ ।

सन् १९५२ मा शासन सम्हालेकी उनले बेलायतका ठूला सामाजिक परिवर्तनको साक्षी बनेकी छन् ।

एलिजावेथ १९२६ मा लन्डनमा राजकुमारीका रुपमा जन्मेकी थिइन् । १९५२ मा बुबा राजा जर्ज पञ्चमको मृत्युपछि उनी २५ वर्षको उमेरमा रानी बनेकी थिइन् । एलिजावेथको १९४७ मा राजकुमार फिलिपसँग विवाह भएको थियो ।

एलिजावेथको निधनसँगै युवराज चार्ल्स बेलायत तथा १४ कमनवेल्थ राज्यका राजा बनेका छन् ।

रानीलाई राजकीय सम्मानसाथ अन्तिम श्रद्धाञ्जली दिइने र करिब १० दिनपछि अन्तिम संस्कार गरिनेछ ।

प्रकाशित मिति : २४ भदौ २०७९, शुक्रबार  ६ : ४८ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला