२० मंसिर २०८२, शनिबार | December 6, 2025

ट्रसको मन्त्रिपरिषद्मा चार अश्वेत नेतालाई महत्वपूर्ण जिम्मेवारी



लन्डन । नयाँ बेलायती प्रधानमन्त्री लिज ट्रसले गठन गरेको मन्त्रिपरिषद्मा छनोट गरेका छन्, जहाँ पहिलो पटक अश्वेतलाई महत्वपूर्ण मन्त्रालयको जिम्मा दिइएको छ ।

ट्रसले क्वासी क्वार्टेङलाई पहिलो अश्वेत अर्थमन्त्रीको रूपमा नियुक्त गरेकी छिन् । उनका आमाबाबु सन् १९६० को दशकमा घानाबाट आएका थिए । त्यस्तै जेम्स क्लिभरली पहिलो अश्वेत विदेश मन्त्री बनेका छन् ।

क्लिभरलीकी आमा सियरा लियोनकी हुन् भने बुबा अश्वेत हुन् । उनले विगतमा अश्वेत मतदाताहरूलाई आकर्षित गर्न पार्टीले अझ धेरै गर्न आवश्यक भएको बताएका थिए ।

त्यस्तै, अश्वेत समुदायकै प्रतिनिधत्व गर्ने सुएला ब्रेभरम्यानलाई गृह मन्त्रालयको जिम्मा दिइएको छ । उनका आमाबाबु केन्या र मरिससका हुन् ।

ट्रस मंगलबार मात्र देशको प्रधानमन्त्री बनेकी थिइन् । उनी देशकै तेस्रो महिला प्रधानमन्त्री हुन् । यसैबीच, निवर्तमान प्रधानमन्त्री बोरिस जोनसनले आफ्ना उत्तराधिकारी लिज ट्रसलाई समर्थन गर्ने वाचा गरेका छन् ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ७ : ०२ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय