काठमाडौं । नेकपा (एमाले) ले आगामी मंसिर ५ गते केन्द्रीय कमिटी बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक मंसिर ५ गते बस्ने तय भएको हो ।
केन्द्रीय कमिटी बैठकअघि एमालेले राष्ट्रिय भेला तथा स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गर्ने भएको छ ।
पार्टीले मंसिर २ र ३ गते राष्ट्रिय भेला आयोजना गरेको छ । काठमाडौंस्थित कार्की ब्याङ्क्वेटमा हुने उक्त भेलामा पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी हुनेछन् ।
त्यस्तै, मंसिर ४ गते स्थानीय तहका जनप्रतिनिधिहरूको राष्ट्रिय भेला आयोजना गरिएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने भेलामा एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
लगातार तीनवटा महत्वपूर्ण कार्यक्रम आयोजना गर्न लागेको एमालेले राष्ट्रिय भेलापछि केन्द्रीय कमिटी बैठकमार्फत पार्टीका आगामी गतिविधि र रणनीतिबारे छलफल गर्ने तयारी गरेको छ ।
















प्रतिक्रिया