३१ भदौ २०८३, बुधबार | September 16, 2026

गण्डकीको समृद्धिको लागि फेरि मुख्यमन्त्री बन्छु : एमाले उपमहासचिव गुरुङ



लमजुङ । गण्डकीका संस्थापक मुख्यमन्त्री एवं नेकपा एमालेका उपमहासचिव पृथ्बी सुब्बा गुरुङले गण्डकी प्रदेशको समृद्धि र विकासको लागि फेरि मुख्यमन्त्री बनेर आउने बताएका छन् ।

शान्तिटोल तमु आमा तथा बाबा समुह बेसीशहर ७ मा निर्मित भवनको शनिवार उद्घाटन गर्दै गुरुङले सो कुरा बताएका हुन् । उपमहासचिव गुरुङले प्रदेशको विकासको लागि आफू पुनः मुख्यमन्त्री बन्ने समेत बताए ।

अर्को एक प्रसंंगमा नेता गुरुङले ३३ प्रतिशत महिला प्रतिनिधित्व भएको संविधान युरोप अमेरिका जस्ता समृद्ध राष्ट्रहरूको भन्दा अब्बल भएको दाबी गरे ।

संघीय शासन नआएको भए मधेशी, जनजाति समुदायका मानिस मुख्यमन्त्री बन्न सक्ने आधार नै थिएन , उनले भने। संघीयताका कारण गाउँगाउँसम्म ठूलो बजेट विनियोजन गर्न सकिएको उनले बताए । नेता गुरुङले आगामी प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा पार्टी भन्दा पनि विकासप्रेमी नेतालाई जिताउन आग्रह गरे ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ७ : २१ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।