१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

एक लाख १५ हजार म्यादी प्रहरीको भर्ना खुल्यो



काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि म्यादी प्रहरीको भर्ना खुला भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको मानवश्रोत विकास विभाग भर्ना छनोट शाखाका अनुसार ४० दिनको सेवा अवधिका लागि एक लाख पन्ध्र हजार म्यादी प्रहरीको दरखास्त खुलेको हो ।

सो अवधिमा म्यादी प्रहरीले प्रतिदिन ८ सय ६९ रूपैयाँको दरले ४० दिन सम्मका लागि निजको व्यक्तिगत बैंक खातामा रकम जम्मा गरी दिने गरी जम्मा पारिश्रमिक ३४ हजार ७६० रूपैयाँ प्राप्त गर्नेछन् ।

साथै खाद्यान्न बापत प्रति व्यक्ति एकमुष्ट ७ हजार २०० रूपैयाँ हुनेछ भने हिमाली जिल्लामा खटिने म्यादी प्रहरीको हकमा जिल्लाको न्यूनतम राशन दररेट अनुसारको रकम पाउनेछन् ।

तोकिएको पोशाक तथा अन्य सामान खरिद गर्ने गरी प्रति व्यक्ति ६ हजार रुपैयाँ एकमुष्ट उपलब्ध हुनेछ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीहरूलाई गाढा निलो रंगको कपडाको ज्याकेट खरिद गर्न प्रति व्यक्ति थप १ हजार रुपैयाँ उपलब्ध हुनेछ ।

इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा दरखास्त बुझाउन सक्नेछन् । आवेदक दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको हुनुपर्नेछ । जसमा नेपाली नागरिक हुनुपर्ने, नैतिक पतन देखिने फौजदारी अभियोगमा सजाय नपाएको, राजनीतिक दलको सदस्य नरहेको, आतङ्ककारी सङ्गठनको सदस्य नरहेको हुनुपर्नेछ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आइतबार  ८ : ११ बजे

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा

सुदुरपश्चिमका मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिने

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले यही वैशाख २१

आज सुनचाँदीको मुल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य स्थिर रहेको छ ।

सुशासनका निम्ति सबैले आवाज उठाउनुपर्छ : सांसद सरस्वती बजिमय

काठमाडौं । वर्तमान संसदीय अभ्यासप्रति मेरा केही फरक मत छन्