३ असार २०८३, बुधबार | June 17, 2026

सन्दीप लामिछाने आज नेपाल फर्कंदै



काठमाडौं । नाबालिग बलात्कार आरोप लागेपछि निलम्बनमा परेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आज नेपाल फर्कंदै छन् ।

गत साता सन्दीपमाथि १७ वर्षीय किशोरीले बलात्कार आरोप लगाउँदै प्रहरीमा किटानी जाहेरी दिएपछि सन्दीप क्यारेबियन प्रियिमर लिग बीचमै छाडेर नेपाल फर्कन लागेका हुन् ।

सन्दीप फर्किएलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गर्ने तयारी गरेको छ । पक्राउ पूर्जी जारी भइसकेकाले जहाँ भेट्यो त्यहींबाट पक्राउ गर्ने प्रहरीले जनाएको छ ।

सन्दीपविरुद्ध गत भदौ २१ गते एक नाबालिग किशोरीले एक होटलमा लगेर आफूमाथि पटक–पटक जबर्जस्ती करणी आरोप लगाउँदै गौशाला प्रहरी वृत्तमा उजुरी दिएकी थिइन् ।

प्रारम्भिक अनुन्धानपछि प्रहरीले गत बिहीबार सन्दीपमाथि पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै सन्दीपलाई नेपाल क्रिकेट संघ ९क्यान०ले पनि राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो ।

क्यानले निलम्बन गरेलगत्तै सन्दीपले सामाजिक सञ्जालमार्फत आफू निर्देष भएको भन्दै नेपालको कानुन मान्ने र सबै कुराको सामना गर्ने बताएका थिए ।

सन्दीपले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका थिए । सन्दीपले क्यानसँग कानुनी सहायताका लागि आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  १२ : १८ बजे

विपक्षी दलले उठाए सभामुख अर्यालमाथि प्रश्न

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सीमा विवादबारे दिएको अभिव्यक्ति सच्याउन

नेपाल टेलिभिजनको समान खरिद प्रकरण : चार सदस्यीय छानबिन समिति गठन

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था

खुकुरी देखाएर युवतीलाई यातना दिने युवक लागुऔषधसहित पक्राउ

दाङ । खुकुरी देखाएर युवतीलाई यातना दिइरहेको भिडियो सार्वजनिक भएपछि

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा