३१ भदौ २०८३, बुधबार | September 16, 2026

गोकुल बास्कोटाको गठबन्धनलाई प्रश्न– प्रधानमन्त्रीको उमेदवार को रहेछ ?



काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले सत्तारुढ गठबन्धन जनतासँग डराएको आरोप लगाएका छन् ।

गठबन्धनका दलहरुलाई आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँट गर्न सकस परिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

‘गठबन्धनको प्रमको उमेदवार को रहेछ रु त्यति पनि जनतालाई नभन्ने हो भने यिनीहरु जनतासँग तर्सेकै हुन्,’ बास्कोटाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन् ।

गठबन्धनका दलहरु जनतालाई झुक्याउन लागिपरेको उनले बताएका छन् ।

‘घ्यु बेचुवा र तलवार बेचुवा राजनीतिले सके जनता झुक्याउने नसके आपसमा एकले अर्कोलाई झुक्काएर छाड्ने न हो,’ उनले भनेका छन् ।

प्रकाशित मिति : २६ भदौ २०७९, आइतबार  ३ : ४९ बजे

क्यासिनोमा नेपालीलाई जुवा खेलाएको आरोपमा ११ जना पक्राउ

काठमाडौं । क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाउने कार्यमा

अष्ट्रेलिया पठाउन लागिएको चुरोट बरामद

काठमाडौं । नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्सबाट अष्ट्रेलिया

सामाजिक सञ्जालले फेरिएको व्यापार शैली

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ धारापानीका कमला बानियाँ थापाले जलजला

सहरमा डेङ्गु, गाउँमा स्क्रब टाइफस फैलँदै

बागलुङ । नेपालमै डेङ्गुको उच्च जोखिममा रहेको बागलुङमा स्क्रब टाइफस

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।