३ आश्विन २०८३, शनिबार | September 20, 2026

बालवाटारमा गठबन्धनका शीर्ष नेता पाँच घन्टादेखि छलफलमा, आजै सिट बाँडफाँड टुंग्याउने प्रयास



काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरु बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँडको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँडसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले ९० सिटको मात्र भागबन्डा लगाएर तयार पारेको अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाइएको छ । अब बाँकी ७५ सिटमा सिट बाँडफाँडको जिम्मा शीर्ष नेतालाई दिइएको छ । ९० सिटमा पनि १० स्थानमा दोहोरो र १५ स्थानमा तेहेरो दाबी परेको छ । सोही कारण दलहरूलाई सिट बाँडफाँडमा सकस परेको हो ।

कार्यदलका एक सदस्यले आजै सिट बाँडफाँडको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँडबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सिट बाँडफाँड गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ३ : ५२ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब