९ असार २०८३, मंगलबार | June 23, 2026

संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह-पूर्वाग्रह राखिए दुर्भाग्यपूर्ण हुनेछ : प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्यायको विषयलाई राजनीतिकरण गरिए दुर्भाग्यपूर्ण हुने बताएका छन् ।

कानून, न्याय तथा मानव अधिकार समितिको बुधवार बसेको बैठकमा सहभागी भएका अध्यक्ष प्रचण्डले संक्रमणकालीन न्यायको विषयमा राजनीतिक आग्रह÷पूर्वाग्रह हुन नहुनेमा जोड दिँदै राजनीतिकण गरिए देश र लोकतन्त्रको लागि राम्रो नहुने बताए ।

प्रचण्डले विधेयकमा केही शब्दका बारेमा विवाद देखिएको संकेत गर्दै त्यसलाई कसैको जित वा हारसित जोडेर हेर्न नहुने जिकिर गरे । उनले सबैलाई मान्य हुनेगरी विधेयक अघि बढाउनुपर्ने धारणा राखे । ‘संक्रमणकालीन न्यायको विषय हामी सबैको चासो, सरोकार र चिन्ताको विषय हो’, प्रचण्डले भने, यसमा अरु पोलिटिक्स नछिरोस्। यहाँ पोल्टिकल आग्रह, पूर्वाग्रह यहाँभित्र आउनु देश र लोकतन्त्रको लागि राम्रो हुँदैनु । हामी आग्रह भन्दा बाहिर जानैपर्छ । हामीले सहमति बनाएर समाधान गर्ने उद्देश्यले काम गर्ने हो, बल्झाउने उद्देश्यले होइन। हामी कसैले अलिकति एउटा शब्द छिराएर भोलि अफ्ठ्यारो पार्ने भन्ने सोच्यौँ भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। नैतिक र राजनैतिक हुँदैन।’

प्रचण्डले सहमतिककै आधारमा ऐन संशोधनलाई अघि बढाउनुपर्ने बताए। विधेयकलाई बल्झाउने उद्धेश्य राख्न नहुने प्रचण्डको भनाइ थियो।

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि संक्रमणकालीन न्यायको विषय सबैको साझा विषय भएको बताउँदै सबैले मिलेरै टुंग्याउनुपर्ने बताएका थिए ।

प्रकाशित मिति : २९ भदौ २०७९, बुधबार  ४ : ५२ बजे

तिलोत्तमामा नेवारी परिकार बनाउने प्रशिक्षण सम्पन्न

तिलोत्तमा । नेवाः देय् दबु तिलोत्तमाको आयोजनामा सञ्चालित १० दिने

तातो दिन नघटेपछि नेपालगन्जमा पुनः ३ दिन गर्मी विदा

नेपालगन्ज । अत्याधिक गर्मी र तातो लहरको प्रकोप बढेपछि नेपालगन्ज

चीनमा भारी वर्षाका कारण नौ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द

गुईझोउ (चीन) । दक्षिणपश्चिम चीनको गुईझोउ प्रान्तका विभिन्न भागहरूमा भएको

बुटवल उपमहानगरका इन्जिनियर सुमन श्रेष्ठ रास्वपाको महाधिवेशनमा

बुटवल । बुटवल उपमहानगरपालिकामा कार्यरत इन्जिनियर सुमन श्रेष्ठको राष्ट्रिय स्वतन्त्र

बुटवल-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त

बुटवल । बुटवल उपमहानगरपालिका-३ का वडाध्यक्ष विष्णु ढकाल पदमुक्त भएका