२ चैत्र २०८२, सोमबार | March 17, 2026

बेनी-जोमसोम सडक अवरुद्ध



म्याग्दी । बेनी-जोमसोम सडकको म्याग्दी खण्ड अवरुद्ध बनेको छ । बेनीदेखि मुस्ताङको घाँसासम्मका विभिन्न चार ठाउँमा आज राति गएको पहिरो खसेर सडक अवरुद्ध भएको हो ।

बेनी नगरपालिकाको जलेश्वर, रघुगङ्गा गाउँपालिकाको बैसरी, अन्नपूर्ण गाउँपालिकाको नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिरमा पहिरो खसेर मुस्ताङसँग सीधा यातायात सम्पर्क विच्छेद भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख इन्द्रबहादुर नेपालीले सडक अवरुद्ध हुँदा म्याग्दी र मुस्ताङको सीधा यातायात सम्पर्कविच्छेद भएको बताए । स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडक ७६ किलोमिटर दूरीको छ ।

सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दालाई आवतजावतका साथै स्याउ र आलु निकासीको काम प्रभावित भएको छ । मुस्ताङ भ्रमण, कागबेनीमा सोह्र श्राद्धको पिण्डदान तथा मुक्तिनाथ दर्शन गर्न जाने आउने पर्यटक तथा तीर्थयात्रीलाई सास्ती भएको छ ।

बेनी-जोमसोम-कोरला सडक आयोजनाले सडक विभाग र निर्माण कम्पनीका उपकरण परिचालन गरेर सडक मर्मत गरेर खुलाउने प्रयास जारी रहेको जनाएको छ । आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले काभ्रेभिर, बैसरी र नैनीबगरमा निरन्तर पहिलो खसेकाले मर्मतमा समस्या भएको बताए । बैसरीमा बुधबार साँझ पहिरो पन्छाएर खोलिएको सडक पुनः अवरुद्ध भएको छ ।

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ९ : २१ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित