३ मंसिर २०८३, बिहिबार | November 19, 2026

एनपीएल : फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि आज बिहीबार सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच दोस्रो क्वालिफायर खेल हुँदैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुने खेलको विजेता टोलीले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लुम्बिनी लायन्स पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै यसअघि नै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

अंकतालिकाको दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेको सुदूरपश्चिम उक्त खेलमा पराजित भएपछि फाइनल प्रवेशको अर्को अवसरका रूपमा दोस्रो क्वालिफायर खेल्न लागेको हो । यता, चितवन राइनोजले भने बुधबार भएको एलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।

एलिमिनेटरमा पहिले ब्याटिङ गरेको चितवनले कमिल मिशाराको अविजित १२० रन र रवि बोपाराको ५३ रनको योगदानमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रनको विशाल योगफल तयार पारेको थियो । २०५ रनको लक्ष्य पछ्याएको काठमाडौं रिजन ढकालको ४ र उसामा मिरको ३ विकेटको प्रभावशाली बलिङसामु टिक्न नसक्दा १४३ रनमै समेटिएको थियो ।

उत्कृष्ट लयमा देखिएको चितवन राइनोज आजको खेलमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिँदै पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा छ । अर्कोतर्फ, पहिलो क्वालिफायरको हारबाट पाठ सिक्दै सुदूरपश्चिम रोयल्स फाइनलमा स्थान बनाउने योजनासहित मैदान उत्रनेछ ।

सुदूरपश्चिम लगातार दुई सिजन एनपीएलको उपविजेता बनेको टोली हो । पहिलो सिजन जनकपुर बोल्ट्स र दोस्रो सिजन लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यमा छ । चितवन राइनोज भने पहिलो पटक फाइनलमा पुग्दै उपाधि दौडमा आफूलाई उभ्याउने प्रयासमा हुनेछ ।

त्यसैले आजको दोस्रो क्वालिफायर दुवै टोलीका लागि निकै महत्त्वपूर्ण र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ७ : ५३ बजे

Your email address will not be published.

पश्चिमी वायु र ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरोको सम्भावना

काठमाडौं । देशभर हाल पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक

एनपीएल : फाइनल प्रवेशका लागि आज सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत फाइनल प्रवेशका लागि

दुई पूर्वमन्त्रीसहित छ जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका सन्दर्भमा मलेसिया र नेपालबीच भएको श्रम

सर्वोच्च अदालतबाट पशुपति गौशाला धर्मशालासम्बन्धी फैसला सदर, स्वामित्व कोषकै मातहत

काठमाडौँ । सर्वोच्च अदालतले पशुपति गौशाला धर्मशालासम्बन्धी जिल्ला र उच्च

चितवन राइनोज एनपिएलको क्वालिफायरमा, काठमाण्डु गोर्खाज बाहिरियो

काठमाडौँ । चितवन राइनोजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)