४ पुस २०८२, शुक्रबार | December 19, 2025

हराएको टुकुचा खोला जयनेपालमा भेटियो



काठमाडौं । काठमाडौंको जयनेपाल सिनेमा घरको कम्पाउण्डमा टुकुचा खोला फेला परेको छ ।

महानगरापालिकाको टोलीले जयनेपाल हलको कम्पाउण्ड उत्खनन गर्दा टुकुचा खोला भेटिएको हो । महानगरले त्यस क्षेत्रमा १५ फिट खनेको थियो । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो।

नारायणहिटी दरबार क्षेत्रसम्म खुलारहेको टुकुचा सडकपार भएपछि हराएको थियो । टुकुचा काठमाडौं प्लाजासम्मै हराएपछि काठमाडौं महानगरपालिकाले खोजी सुरु गरेको थियो । यस क्षेत्रमा खोला छोपेर त्यहाँमाथि स्थायी संरचना समेत बनाएको पाइएको छ । स्थानीयबासिन्दाले धेरै वर्ष पहिलेदेखि टुकुचाको खोजी गर्नुपर्ने माग गर्दै आएका थिए । तर राजनीतिक पहुँचका र महानगरको वेवास्ताका कारण सिंगो खोला नै हराएको थियो ।

केही दिनअघि महानगरापालिकाले टुकुचा खोला आसपासको क्षेत्रमा अतिक्रमित संरचना हटाउन साउन १२ गते सूचना जारी गरेको थियो ।

 

 

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ३ : ४८ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१