४ आश्विन २०८३, आइतबार | September 20, 2026

हराएको टुकुचा खोला जयनेपालमा भेटियो



काठमाडौं । काठमाडौंको जयनेपाल सिनेमा घरको कम्पाउण्डमा टुकुचा खोला फेला परेको छ ।

महानगरापालिकाको टोलीले जयनेपाल हलको कम्पाउण्ड उत्खनन गर्दा टुकुचा खोला भेटिएको हो । महानगरले त्यस क्षेत्रमा १५ फिट खनेको थियो । खोलाको बहाब क्षेत्र पत्ता लगाएर डोजरले खोतल्दा खोला फेला पारिएको हो।

नारायणहिटी दरबार क्षेत्रसम्म खुलारहेको टुकुचा सडकपार भएपछि हराएको थियो । टुकुचा काठमाडौं प्लाजासम्मै हराएपछि काठमाडौं महानगरपालिकाले खोजी सुरु गरेको थियो । यस क्षेत्रमा खोला छोपेर त्यहाँमाथि स्थायी संरचना समेत बनाएको पाइएको छ । स्थानीयबासिन्दाले धेरै वर्ष पहिलेदेखि टुकुचाको खोजी गर्नुपर्ने माग गर्दै आएका थिए । तर राजनीतिक पहुँचका र महानगरको वेवास्ताका कारण सिंगो खोला नै हराएको थियो ।

केही दिनअघि महानगरापालिकाले टुकुचा खोला आसपासको क्षेत्रमा अतिक्रमित संरचना हटाउन साउन १२ गते सूचना जारी गरेको थियो ।

 

 

 

प्रकाशित मिति : ३० भदौ २०७९, बिहिबार  ३ : ४८ बजे

तानसेनको मध्यकालीन पहिचान खोजिँदै

पाल्पा । ऐतिहासिक सहर तानसेनको मध्यकालीन पहिचान स्थापित गर्न पुराना

विकास-निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्दै व्यास नगरपालिका

तनहुँ । व्यास नगरपालिकाले गत आर्थिक वर्षमा सडक, ढल, नदी

आज हिमाली र पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । आज देशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली

ब्राइटनसँग पराजित आर्सनलले गुमायो शीर्षस्थान

काठमाडौं । प्रिमियर लिगमा ब्राइटनसँग ३-० ले पराजित भएपछि आर्सनलले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको लगातार सातौँ जित

काठमाडौं । ब्राजिलियन फरवार्ड राफिन्हाले ह्याट्रिक गरेपछि बार्सिलोनाले शनिबार सेभियालाई