१६ श्रावण २०८३, शनिबार | August 1, 2026

हराउँदै सार्वजनिक धारा र कुवा



तनहुँ । हिजोआज सार्वजनिक धारा र कुवा हराउँदै जान थालेका छन् । नयाँ नबनाउने र पुरानाको संरक्षण नहुँदा तनहुँमा सार्वजनिक ठाउँमा कुवा र धाराहरू विरलै देख्न पाइन्छ ।

मूलको संरक्षण नहुँदा सदरमुकाम दमौली स्थित व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरमा रहेका कुवा र धाराहरू वर्षा याममा समेत सुकेर बसेको छ । धार्मिक स्थलमा रहेका कुवा र धारा समेत सुकेर पानी नआए पनि त्यसको संरक्षणमा कसैको ध्यान गएको छैन । वर्षौँ अघि बनाइएका दुई धारा र कुवामा हाल सुकेकाले उपयोग विहीन भएका छन् ।

धार्मिक तथा आध्यात्मिक कुरालाई विकास नठान्दा धारा तथा कुवाहरू मासिन थालेको दमौली स्थित व्यास गुफामा बस्दै आएका शान्ति स्वरुपानन्द दामोदर बाबाले बताए । पुर्खाले कुवा, धारा बनाउने र धन नभएर बनाउन नसक्नेले घैटोमा पानी भरेर बटुवालाई दिने गर्ने गरेको स्मरण गर्दै दामोदर बाबाले मानिसमा धर्म कमाउन भन्दा पैसा कमाउन ध्यान गएकाले कुवा र धाराहरू हराउँदै जानु अर्को कारण रहेको बताए ।

व्यास गुफा र शिव पाञ्चायन मन्दिर परिसरका जस्तै जिल्लाका अधिकांश स्थानमा सार्वजनिक धाराहरू अलपत्र अवस्था परेको देखेको दामोदर बाबा बताउछन ।

विशेष गरी सहरी क्षेत्रमा प्यास लाग्यो भने पानी किनेर खानुको विकल्प छैन । सार्वजनिक धारा छैन बोतललाई २५ रुपियाँ तिरेर खानु पर्ने बाध्यता छ । पहिला जताततै सार्वजनिक धारा र कुवा हुन्थे अहिले र औँलाले गन्न सकिने मात्रै पाइने गरेको जेसिआई व्यास नगरका निवर्तमान अध्यक्ष लक्ष्मीभक्त खनालले बताए ।

पहिला थुप्रै भए पनि दमौली बजारमा सार्वजनिक धारा एउटा पनि नभएकोले जेसिजले सार्वजनिक धारा बनाएको उनले जानकारी दिए । आफ्नै इतिहास, सम्पदा तथा संस्कृति नामेट वा ध्वस्त पार्नु हुँदैन र पैसा नहुनेले पानी पनि पिउन नपाउने अवस्थाको हुनुहुँदैन भनेर धारा बनाएको खनाल बताउछन ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमल राज काफ्लेले बजार क्षेत्रमा जोडिएर बनेका घर, पक्की सडक धेरै हुने र रुख, पोखरी नहुँदा पानीको मुहान सुक्दै गएकोले पनि पुर्खाले बनाएका कुवा र धारा नाश हुँदै गएको बताए । ग्रामीण क्षेत्रमा समेत जथाभाबी मोटर बाटो लैजाने, पोखरीहरू नास हुने, धर्म हुने विश्वासमा वर, पिपल, समी, आँप जस्ता ठुला रुखहरू लगाउने तथा हुर्काउने प्रचलन हराएकोले पानीको मूल सुकेकोले सार्वजनिक धारा पनि हराउन थालेको बताए । आजको गोरखापत्र दैनिकमा अमरराज नहर्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ७ : ४० बजे

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय लगनखेलमा

सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत्

काठमाडौँ । सुनसरी जिल्ला प्रशासन कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा जारी

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष