२६ बैशाख २०८१, बुधबार | May 9, 2024

सालझण्डी फोहोर प्रशोधन क्षेत्रमा जेसिबी लगाएर अवैध उत्खनन



बुटवल । लुम्बिनी साझेदारी बन र अर्घाखाचीको सिमानामा रहेको खोलाबाट अवैध रुपमा खोलाजन्य सामग्री निकासी गर्दै गरेको जेबिभीसहित ३ जनालाई स्थानिय युवाहरुले पक्राउ गरेर प्रहरीलाई जिम्मा लगाएका छन ।

सैनामैना नगरपालिकाको सालझण्डी सामुदायिक बन र कंचन सामुदायिक बनको करीब ६.५ किलोमिटर भित्र नगरपालिकाको गौरबको आयोजना फोहोर मैला प्रशोधन केन्द्र निमार्णको तटबन्धन भैरहेको क्षेत्रमा अवैज्ञ रुपमा उत्खननमा लागेका ब्यक्तिहरुलाई स्थानियहरुले पक्रेर प्रहरीलाई जिम्मा लगाएका हुन ।

पक्राउ परेलाई आवश्यक कारवाही अघि बढाउन ढिला भएको स्थानिय बासिन्दा आक्रोसित भएका छन । नगरपालिकाको संरक्षणमा नदी कटान रोक्न गतबर्ष बजेट बिनीयोजन गरि तटबन्द लगाउने कार्य भएको ठाउमा नदि उकासको मिस्कट केही दिनबाट चोरी गरीरहेकोे खबर पाएपछि कन्दरा युवा क्लब र कंचन सामुदायिक बनका युवाहरु मिलेर निगरानी बढाएका कन्चन सामुदायिक बनका पुर्व लक्ष्मण श्रीषले बताए । सोही क्रममा लु २ प ५९४४, लु २ ख ४१८० नम्बरको दुई वटा टिप्पर र लु १ क १८४८ नम्बरको जेसिभीसहित ३ जनालाई पक्रेर प्रहरीलाई जिम्मा लगाईएको उनले बताए ।

कन्दरा युवा क्लबका अध्यक्ष तुल्सीराम पौडेलले प्रहरीबाट कारवाही अघि बढाउन बेवास्ता गरेको बताए । टिपरको माल अपलोड गर्ने, चोरीमा संलग्नलाई कारबाही नगरि ढिलाई गर्ने जस्ता काम भएको उनले दुखेसो गरे ।

यता प्रहरीले भने आवश्यक कारवाही अघि बढाईरहेको बताएको छ । भदौ २६ गते राती १ बजेको समयमा घटेको घटनाको बारेमा स्थानियबाट जानकारी पाए लगतै संलग्नलाइ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरिक्षक जगन्नाथ मरासिनीले बताए ।

सोही दिन नै कानुनी प्रक्रिया अनुसार सैनामैना नगरपालिकालाई पत्र पठाई घटनाबारे जानकारी दिएपनि शनिबारमात्र सो घटना भएको स्थान आफनो क्षेत्राधिकारभित्र नपर्ने जानकारी पालिकाबाट आएको उनले बताए । सो खोला सब डिभिजन कार्यालय फायरलाईनको क्षेत्राधिकारमा पर्ने भएकाले त्यही अनुसार अब पक्राउ परेको ब्यक्ति र सवारीलाई पठाउने तयारीमा रहेको उनले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार  ४ : ३३ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s