२० मंसिर २०८२, शनिबार | December 6, 2025

महारानी एलिजावेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न



लन्डन । बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी एलिजावेथ द्वितीयाको अन्तिम संस्कार सम्पन्न भएको छ । महारानी एलिजावेथको राजधानी लण्डनमा रहेको प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर एबेमा सम्पन्न भएको हो ।

समारोहमा विभिन्न देशका विशिष्ट व्यक्तिको उपस्थिति थियो ।

राजा चाल्र्स तृतीयले आमाको कफिन पछाडि रहेर वेस्टमिन्स्टर हलदेखि एबेसम्मको शवयात्राको नेतृत्व गर्दा उनलाई राजपरिवारका अन्य सदस्यले साथ दिएका थिए ।

बीबीसीका अनुसार महारानीको शव पेटिका वेस्टमिन्स्टर एबीमा प्रवेश गर्दा भजन मण्डलीले संगीतबद्ध रुपमा श्लोकहरू गाएका थिए जुन परम्परा १८ औँ शताब्दीयताका राजकीय अन्तिम संस्कारका कार्यमा चल्दै आएको छ ।

प्रधानमन्त्री लिज ट्रसले धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन । समारोहको अन्त्यमा दुई मिनेटको मौन धारण गरिनुअघि द लास्ट पोस्ट धुन बजाइएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ४१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय