२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

पाकिस्तानका प्रधानमन्त्री सरिफले शुक्रबार राष्ट्रसंघ महासभालाई सम्बोधन गर्ने



संयुक्त राष्ट्र संघको ७७ औँ महासभामा पाकिस्तानको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री शहबाज सरिफ लण्डनबाट न्यूयोर्क पुगेका छन् ।

न्यूयोर्कमा रहँदा प्रधानमन्त्री सरिफले अन्य देशका नेताहरुसँग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सरिफ आज संयुक्त राष्ट्रसंघका महासचिवको स्वागत समारोहमा सहभागी हुनुका साथै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँग पनि भेट गर्ने कार्यतालिका रहेको पाकिस्तानी विदेशमन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री सरिफले शुक्रबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

न्यूयोकमा शहबाज सरिफले अस्ट्रियाका चान्सलर र स्पेनका राष्ट्रपतिसँग पनि भेट गर्नेछन् । उनले युरोपियन युनियन काउन्सिलका अध्यक्ष चार्ल्स माइकलसँग भेट गर्नेछन्।

प्रधानमन्त्री सरिफले विश्व खाद्य सुरक्षा शिखर सम्मेलनमा पनि सहभागी हुनेछन् ।
सेहबाज सरिफले भोलि (बुधवार) अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभा र विश्व बैंकका अध्यक्ष डेभिड मिल्ससँग भेट गर्नेछन्।

यस्तै, टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानका अलावा सरिफले इरानका राष्ट्रपति सैयद इब्राहिम रायसीसँग पनि द्विपक्षीय भेट गर्नेछन्।

उनले बुधबार टर्कीका राष्ट्रपति र उनकी पत्नीको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन् ।

प्रधानमन्त्रीको अन्य संलग्नतामा मलेसियाका प्रधानमन्त्री इमेल साब्री याकूब, संयुक्त राष्ट्र संघको महासभाका अध्यक्ष, माइक्रोसफ्टका संस्थापक बिल गेट्स, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र नोबेल पुरस्कार विजेता मलाला युसुफजाईसँग भेटघाट हुनेछ ।

शहबाज सरिफले चीन, जापान र लक्जेम्बर्गका प्रधानमन्त्रीहरूसँग पनि भेट गर्नेछन्।

अमेरिकामा रहँदा शहबाज सरिफले विभिन्न प्रसिद्ध अमेरिकी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिनेछन् ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ४ : ५८ बजे

ढुङ्गामा हात्तीको आकृति

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका-१ हात्तिबाङमा ढुङ्गामा हात्तीको आकृति बनाउँदै

आजदेखि मातातीर्थ मेला सुरु

काठमाडौं । प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

सुर्यको शतकसँगै सनराइजर्समाथि मुम्बई ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत मुम्बई इण्डियन्सले सनराइजर्स

सभामुखले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शिर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं । सभामुख देवराज घिमिरेले आज प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष

नेपाल इङल्याण्ड सी सँग २-० ले पराजित

काठमाडौं । नेपाल इङल्याण्डको सी  टिमसँग पराजित गरको छ ।