१२ असार २०८३, शुक्रबार | June 26, 2026

छिटो भन्दा छिटो प्रदेश राजधानी निर्माणको कार्यलाई अगाडि बढाउन मुख्यमन्त्री केसीको निर्देशन



भालुबाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको गौरवको आयोजना राजधानी निर्माणका लागि सरोकारवालाले छिटोभन्दा छिटो सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।

प्रदेश पर्वाधार विकास प्राधिकरण आयोजनाका कार्यक्रम राप्ती उपत्यका )देउखुरी) दाङले आयोजना गरेको नदी सभ्यतामा आधारीत व्यवस्थिति सहर विकासका लागि गर्न थालिएको जग्गा एकीकरण विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले तुरुन्त कार्य प्रगतिमा पूर्णता दिनका लागि राजधानी व्यवस्थापन सहयोग समिति र प्रदेश प्राधिकरणलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री केसीले प्रदेशको राजधानी निर्माण गर्ने विषय हचुवाको तालमा नभई समेदनशील विषय भएको बताए । ‘हामीले नेपालका ७ वटा प्रदेशहरु मध्य लुम्बिनी प्रदेशमा मात्र नयाँ शहरमा राजधानी बनाउँदैछौँ, त्यसैले गर्दा स्थानीय १४ वटाका वडा अध्यक्षहरुले पहल लिन आवश्यक छ ।’ उनले भने ।

केसीले जग्गा एकीकरण कुनै पार्टीको मात्रै नभई साझा विषय भएकाले सहकार्य गरेर अगाडी बढ्न स्थानीयबासीलाई आग्रह गरे ।

मुख्यमन्त्री केसीले कार्यक्रममा जग्गा एकीकरण कार्यदलका संयोजक श्यामेर चौधरीलाई सपथ ग्रहण गराए । कार्यक्रममा जग्गा एकीकरण विज्ञ एवं शहरी मन्त्रालयका पूर्व डिजि सुर्यभक्त सांघाछी र जग्गा एकीकरण कार्यदलका सदस्य पदम बैद्धिकले प्रस्तुतिकरण गरेका थिए।

सो अवसरमा बोल्दै प्रदेश पूर्वाधार प्राधिकरणका सीइओ छवि पोख्रेलेले राजधानी निर्माणको कार्यलाई कार्यतालिका बनाएर नै अगाडि बढाईने बताए । राजधानी निर्माणका १४ वटा वडाका अध्यक्ष र सरोकारवाला निकायको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७९, मंगलबार  ६ : ०८ बजे

पार्टीलाई एकताबद्ध बनाएर लैजान्छौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

रास्वपा महाधिवेशन : यस्तो छ प्रदेशगत मत परिणाम

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय

‘फिफा’को निलम्बनपछि नेपाली फुटबल अन्यौलमा

काठमाडौं । विश्वसँगै नेपालको सहरदेखि गाउँगाउँसम्म विश्वकप फुटबल प्रतियोगिता २०२६

मेडिकल काउन्सिलले ल्यायो ‘हेलो एनएमसी’

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अनलाइनमार्फत पनि गुनासो तथा उजुरी

पतञ्जली जग्गा प्रकरण : माधव नेपाल क्याविनेटका मन्त्रीहरूलाई बकपत्र गराउन आदेश

काठमाडौं । पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा सट्टापट्टा