४ आश्विन २०८३, आइतबार | September 20, 2026

नेपालगन्जमा ईरिक्साको व्यवस्थित पार्किङ बनाउने उपमहानगरको प्रयास विरुद्ध ईरिक्सा व्यवसायीको प्रदर्शन



नेपालगन्ज । आवश्यकताभन्दा बढी ई रिक्साका कारण अस्तव्यस्त बनेको नेपालगन्जमा ई रिक्सा व्यवस्थापनको नेपालगन्ज उपमहानगरको प्रयास विरुद्ध ईरिक्सा व्यवसायीहरु विरोधमा उत्रिएका छन् । जथाभाबी पार्किङले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेको भन्दै पार्किङ सहित ई रिक्सालाई व्यवस्थापनका लागि निजी क्षेत्रलाई उपमहानगरले आह्वान गरेसँगै रिक्सा व्यवसायीहरु आन्दोलित भएका हुन् ।

नेपालगञ्ज उपमहानगरपालिकाले पार्किङस्थलको लागि आव्हान गरेको टेण्डर प्रक्रियालाई रद्द गर्नुपर्ने माग राखेर रिक्सा चालकहरुले आज प्रदर्शन गरेका थिए । नेपाल ईरिक्सा व्यवसायी कम्पनी प्राली नेपालगन्जको आह्वानमा ईरिक्सा चालकहरु प्रदर्शनमा उत्रिएका थिए ।

नेपालगन्जमा आवश्यकता भन्दा बढी ईरिक्सा भएकै कारण शहरको ट्राफिक अस्तव्यस्त हुने गरेको छ। उपमहानगरले समयमै व्यवस्थापन गर्न नसक्दा नेपालगन्जमा ईरिक्सा भित्रिने क्रम जारी छ । ईरिक्साको व्यवस्थापनका लागि पार्किङस्थल बनाउने गरी उपमहानगरपालिकाले कदम चालेसँगै रिक्सा व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् ।

ईरिक्सा चालकले विभिन्न प्लेकार्ड बोकेर नेपालगन्ज उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७९, बुधबार  ७ : २० बजे

एन्फाका कोषाध्यक्ष र लेखाप्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

नेपाली कांग्रेसको ७३ जिल्लामा वडा अधिवेशन सम्पन्न, बाँकी भोली हुने

काठमाडौं ।  नेपाली कांग्रेसको १५ औँ केन्द्रीय महाधिवेशनअन्तर्गत दोस्रो दिन

राष्ट्रसङ्घको महासभामा भोटेकोशी विपद्बारे सम्बोधनको तयारी गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संयुक्त राष्ट्रसङ्घको महासभामा भोटेकोशी

जलवायु न्याय खोज्दै मनास्लु आधार शिविरमा बसेका युवाको अनशन स्थगित

गोरखा । मनास्लु आधारशिविरमा युवाहरुले तीन दिनदेखि गरेको आमरण अनशन