नेपालगन्ज । आवश्यकताभन्दा बढी ई रिक्साका कारण अस्तव्यस्त बनेको नेपालगन्जमा ई रिक्सा व्यवस्थापनको नेपालगन्ज उपमहानगरको प्रयास विरुद्ध ईरिक्सा व्यवसायीहरु विरोधमा उत्रिएका छन् । जथाभाबी पार्किङले ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेको भन्दै पार्किङ सहित ई रिक्सालाई व्यवस्थापनका लागि निजी क्षेत्रलाई उपमहानगरले आह्वान गरेसँगै रिक्सा व्यवसायीहरु आन्दोलित भएका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिकाले पार्किङस्थलको लागि आव्हान गरेको टेण्डर प्रक्रियालाई रद्द गर्नुपर्ने माग राखेर रिक्सा चालकहरुले आज प्रदर्शन गरेका थिए । नेपाल ईरिक्सा व्यवसायी कम्पनी प्राली नेपालगन्जको आह्वानमा ईरिक्सा चालकहरु प्रदर्शनमा उत्रिएका थिए ।
नेपालगन्जमा आवश्यकता भन्दा बढी ईरिक्सा भएकै कारण शहरको ट्राफिक अस्तव्यस्त हुने गरेको छ। उपमहानगरले समयमै व्यवस्थापन गर्न नसक्दा नेपालगन्जमा ईरिक्सा भित्रिने क्रम जारी छ । ईरिक्साको व्यवस्थापनका लागि पार्किङस्थल बनाउने गरी उपमहानगरपालिकाले कदम चालेसँगै रिक्सा व्यवसायीहरु प्रदर्शनमा उत्रेका हुन् ।
ईरिक्सा चालकले विभिन्न प्लेकार्ड बोकेर नेपालगन्ज उपमहानगरपालिकाको मुख्य प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए ।


















प्रतिक्रिया