२८ मंसिर २०८२, आइतबार | December 15, 2025

कसरी फसे अष्ट्रेलियाको तटमा समुद्री ह्वेल ?



सिड्नी । घटनाहरूको अनौठो मोडमा बुधवार तस्मानियाको पश्चिमी तटमा ह्वेलहरूको एउटा समूह फेला परेको थियो ।

अष्ट्रेलियाली अधिकारीहरूका अनुसार त्यहाँ अनुमानित २३० ह्वेल फसेका थिए र ती मध्ये आधा मात्र जीवितै देखिन्छन् । बालुवाको समतल छेउमा रहेको समुन्द्री किनारमा ह्वेलहरू के कारणले पसे भन्ने कुनै जानकारी छैन ।

किङ आइल्याण्डको समुद्र तटमा १४ वटा ह्वेल फेला परेको एक दिनपछि ठूलो समूहमा ह्वेल फेला परेको हो । हवाई तस्बिरमा लामो समुद्र तटमा दर्जनौं ह्वेल छटपटिएका देखिन्छन् ।

स्थानीयहरूले बाँचेकाहरूलाई कम्बलले छोपेका थिए र उनीहरूलाई जीवित राख्नको लागि बाल्टिनबाट पानी ल्याएर भिजाएका थिए । नजिकका अन्य केही ह्वेल भने मरेका थिए । कालो चमकदार स्तनपायीहरू म्याक्वेरी हार्बर नजिकै फसेका राज्यको प्राकृतिक संसाधन तथा वातावरण विभागले जनाएको छ ।

समुद्री संरक्षण विशेषज्ञहरू र ह्वेल उद्धार गियरसहितका कर्मचारीहरू घटनास्थलतर्फ जाँदै गरेका अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ आश्विन २०७९, बिहिबार  ६ : ५० बजे

एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित

काठमाडौँ । राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ र आफू मात्रै सक्रिय

अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी सवारी साधन प्रहरी नियन्त्रणमा

खजुरा । अवैध उत्खनन् एवं ढुवानी गर्दै आएका दर्जन बढी

एमालेका रुपन्देही सचिव चित्रबहादुर कार्कीले छाडे एमाले, रास्वपामा प्रवेश

बुटवल । काठमाडौंमा विधान महाधिवेशनको निर्णय केन्द्रीय कमिटीबाट उल्ट्याउँदै ११

एमालेको निर्वाचन तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्वको निर्वाचनका लासग निर्वाचन कार्यतालिका

सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर