११ चैत्र २०८२, बुधबार | March 25, 2026

मेक्सिकोमा सशस्त्र समूहको हमलामा १० जनाको मृत्यु



मेक्सिको सिटी । मक्सिकोको एक औद्योगिक क्षेत्रको पोखरी हलमा सशस्त्र आक्रमणकारीहरूले १० जना मानिसको हत्या गरेका छन् ।

गुआनाजुआटो राज्यको तारिमोरो नगरपालिकामा उक्त नरसंहार भएको क्षेत्रीय अभियोजकको कार्यालयले जनाएको छ । घटनास्थलमा नौ पुरुषको शव फेला परेको र अर्का एक जनाको अस्पतालमा मृत्यु भएको बताइएको छ ।

गुआनाजुआटोका गभर्नर डिएगो सिन्ह्यु रोड्रिग्वेजले उक्त घटनलाई ‘कायरपूर्ण आक्रमण’ भनेका छन् र व्यवस्था पुर्नस्थापित गर्ने वाचा गरेका छन् । सान्ता रोजा डे लिमा र जालिस्को न्यू जेनेरेसन कार्टेल नामक दुई समूहबीचको विवादका कारण गुआनाजुआटो मेक्सिकोको सबैभन्दा हिंसात्मक राज्य बनेको छ । जसले लागुऔषधको तस्करी र इन्धन चोरीको नियन्त्रण गर्ने क्रममा हिंसा बढेको छ ।

सन्् २००६ को डिसेम्बरदेखि सरकारले एक विवादास्पद सैन्य कारबाही एंटी ड्रग अपरेसन सुरु गरेको छ । त्यस यता ३ लाख ४० हजार जनाको हत्या भएको तथ्यांक छ ।

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ५९ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको