८ बैशाख २०८३, मंगलबार | April 21, 2026

तीर्थयात्री बोकेको डुंगा दुर्घटना हुँदा २४ जनाको मृत्यु



ढाका । बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरू बोकेको एउटा डुंगा पल्टिँदा कम्तीमा २४ जनाको मृत्यु भएको । दुर्घटनामा करिब दुई दर्जन वेपत्ता भएका बंगलादेश प्रहरीले जनाएको छ ।

‘अग्निनियन्त्रकहरू र गोताखोरहरूले थप शवहरूको खोजी गरिरहेका छन्’, एक स्थानीय प्रहरी अधिकारीको भनाइ उल्लेख गर्दै एएफपीले लेखेको छ, ‘अहिलेसम्म २४ जनाको मृत्यु भएको पुष्टि भएको छ, जसमा अधिकांश महिला र बालबालिका छन् ।’

प्रहरीका अनुसार उक्त डुंगामा ५० जना तीर्थयात्री थिए । उनीहरु शताब्दीऔँ पुरानो मन्दिरमा यात्रा गरिएका थिए । उत्तरी बंगलादेशको बोडा सहर नजिकै कारोटोआ नदीको बीचमा जहाज अचानक डुबेर डुबेको थियो ।

दुर्घटनामा २५ जना यात्रु हराइरहेका अर्का एक प्रहरी अधिकारीले बताएको पनि एएफपीले जनाएको छ । स्थानीय सञ्चार माध्यमले भने कम्तीमा १० जनाको उद्दारपछि अस्पताल लगिएको जनाएका छन् ।

 

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  ६ : ५८ बजे

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा, उच्चस्तरीय छानबिन गर्न माग

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ विवादमा तानिएपछि उनको राजीनामाको माग

दाताले गरे पौडी पोखरीका लागि ‘वासिङ मसिन’ प्रदान

नेपालगन्ज । नेपालगन्जस्थित साविक मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पौडी

प्रतिनिधिसभा बैठकमा फोटो, अडियो–भिडियो रेकर्डमा प्रतिबन्ध

काठमाडौं । प्रतिनिधिसभाको बैठक कक्षभित्र सांसदहरूले अब फोटो खिच्न तथा

प्रतिनिधिसभा नियमावलीको मस्यौदा सभामुखलाई बुझाइयो (पूर्णपाठसहित)

काठमाडौं । प्रतिनिधिसभा कार्य सञ्चालन नियमावलीको मस्यौदा सभामुख डोलप्रसाद अर्याल