३ पुस २०८२, बिहिबार | December 18, 2025

‘मेरा लागि प्रधानमन्त्रीको पद हैन, जनताको विकास र समृद्धि प्राथमिकता हो’ : प्रचण्ड



चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना लागि प्रधानमन्त्री पद मुख्य नभएको बताएकाछन् ।

घटस्थापनाका अवसरमा आज चितवनमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले जनताको विकास र समृद्धिलाई मात्रै आफुले पहिलो प्राथमिकतामा राखेको बताएका हुन् ।

राजनीतिक स्थिरता, आर्थिक विकास र समृद्धिका अघि प्रधानमन्त्री पद मुख्य हैन प्रचण्डले आफु प्रधानमन्त्रीको रेसमा नभएको बताउँदै भने, ‘मंसिर ४ मा चुनाव आउँदैछ। यहाँ प्रधानमन्त्रीको कुरा पनि आयो। म प्रधानमन्त्रीको रेसमा केही वर्षदेखि छैन चाहेको भए २०७४ मा पाँचै वर्षका लागि प्रधानमन्त्रीको अफर थियो।’

प्रचण्डले चितवनका जनता सचेत र लोकतन्त्रको पक्षमा रहेको बताउँदै मंसिर ४ मा कसलाई जिताउने भन्ने कुरा यहीँका जनताको हातमा रहेकोबताए । जनताको फैसला सबैलाई मान्य हुने उनले धारणा राखे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १० : २९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको