७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

उम्मेदवारी निश्चित नहुँदै गृहमन्त्री खाणले खोले सम्पर्क कार्यालय



भैरहवा । रुपन्देहीको निर्वाचन-३ मा कांग्रेसले उम्मेदवार तय नहुँदै सम्पर्क कार्यालय उद्घाटन गरेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा चुनावका लागि उम्मेदवार प्रस्ताव भइरहेको समयमै गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले क्षेत्र नम्बर ३ को सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरेको छ ।

गठबन्धन सरकारको नेतृत्व गरिरहेको कांग्रेसले उम्मेदवारको टुंगो अझै लगाएको छैन । को कहाँबाट उम्मेदवारी हुने भन्ने पार्टीले तय नगरेको बेला गृहमन्त्रीसमेत रहेका रुपन्देही-३ बाट एकल प्रस्तावमा परेका बालकृष्ण खाणले आफ्नै सम्पर्क कार्यालयको उद्घाटन गरेका हुन् । आगामी निर्वाचनलाई लक्षित गर्दै सिद्धार्थनगर-६ गल्लामण्डीमा सम्पर्क कार्यालय स्थापना गरी उद्घाटन गरिएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण रुपन्देही-३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारमा एकल सिफारिसमा परेका छन्। सम्पर्क कार्यालय उद्घाटन गर्दै उनले कांग्रेसले आफूलाई उम्मेदवार प्रस्ताव गरे पनि कुनै टुंगो नलागेको बताए । रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र रहेको छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार  १ : ५८ बजे

म्यानचेस्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

काठमाडौं । म्यानचेस्टर सिटीले प्रिमियर लिगको उपाधि जितेको छ ।

दमौलीको मुख्यचोकका सटरमा आगलागी, तीन घण्टापछि नियन्त्रणमा

तनहुँ । तनहुँ सदरमुकाम दमौलीस्थित मुख्यचोकका सटरमा गए राति भीषण

प्रधानमन्त्री प्रचण्डले आज विश्वासको मत लिदैँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट आज विश्वासको मत

आजको मौसम : कोशी, मधेश र लुम्बिनीमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक

बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा

काठमाडौं । छिमेकी चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिटिभ