२९ मंसिर २०८२, सोमबार | December 15, 2025

गण्डकी प्रदेशमा दिनदिनै संक्रमित बढ्दै, आइतबार बिहानै थपिए ३८ जना



पोखरा । कोरोना भाइरसको संक्रमण गण्डकी प्रदेशमा तिब्र गतिमा बढिरहेको छ । आइतबार बिहान गण्डकी प्रदेशको सामाजिक मन्त्रालयअन्तर्गतको स्वास्थ्य निर्देशनालयले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार ३८ जना संक्रमित थपिएका छन् ।

जसमध्ये, स्याङजामा १४, बागलुङमा १० जना थपिएका छन् । गोरखा जिल्लामा पहिलो पटक १० जना संक्रमित देखिएका छन् । यस्तै, नवलपरासी पूर्वमा ४ जना नयाँ संक्रमित देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्याङजाको वालिङ नगरपालिकाका २१ देखि ४९ वर्षसम्मका १३ जना पुरुष र भीरकोट नगरपालिकाका ४५ वर्षीय एक पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

विगत केही दिनदेखि कोरोना संक्रमित बढ्दै गएको बागलुङको बडिगाड गाउँपालिकामा २२ देखि ५२ वर्षका ९ जना पुरुषलाई संक्रमण पुष्टि भएको छ । यिमध्ये एकजनाको उमेर खुल्न नसकेको विज्ञप्तिमा जनाइएको छ । यस्तै, ढोरपाटन नगरपालिका एक जना संक्रमित थपिएका छन् ।

उता, गोरखाको गण्डकी नगरपालिकाका २० देखि ४३ वर्षउमेरका ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पालुङटार नगरपालिकाका १७ वर्षीय एक युवामा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाका २० देखि ४५ वर्ष उमेरका चार जजना पुरुषमा पनि कोरोना भाइरस पोजेटिभ देखिएको छ ।

योसँगै गण्डकी प्रदेशमा कोरोना पोजेटिभको संख्या १ सय १३ पुगेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : १६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले