२१ फाल्गुन २०८२, बिहिबार | March 5, 2026

आजको मौसम : देशका अधिकांश क्षेत्रमा बदली, मेगगर्जन र चट्याङसहित वर्षाको सम्भावना



काठमाडौं । अहिले देशभर स्थानीय वायु, पश्चिमी वायु र भारतको पूर्वी उत्तर प्रदेश तथा विहारमा रहेको निम्न चापीय प्रणालीको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल देशको प्रदेश ५, कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने प्रदेश २, प्रदेश १ र सुदुरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरि गण्डकी प्रदेश, प्रदेश ५ र बागमती प्रदेशका एक, दुई स्थानमा हल्का बर्षा वर्षा भैरहेको छ ।

आज दिउँसो देशका धरैजसो स्थानमा सामान्य बदली हुनेछ । प्रदेश १, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ का केही स्थानहरु र कर्णाली, सुदुरपश्चिम प्रदेश र प्रदेश २ का केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज राती वागमती प्रदेश र प्रदेश १ मा सामान्य बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिक बदली रहने छ ।

प्रदेश १, बागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र प्रदेश ५ का एक, दुइ स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ७ : २१ बजे

संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छ : पूर्वराष्ट्रपति डा यादव

जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा

नेकपा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले मतदान नगर्ने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले

तनहुँमा १०७ वर्षीय ज्येष्ठ नागरिकद्वारा मतदान

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बन्केवा निवासी एक सय सात

बाँकेमा महिला मतदाताको उत्साहजनक उपस्थिती (फोटोफिचर)

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु

बाँकेको खजुरामा सञ्चारकर्मीलाई फोटो खिच्न अवरोध

खजुरा । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत आज बिहानबाट सुरु