२३ बैशाख २०८१, आइतबार | May 5, 2024

एससीटीको अफर : भाटभटेनीमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा १०% थप छुट



काठमाडौ । नेपालीहरुको महान चाड विजयादशमीलाई लक्षित गर्दै स्मार्ट क्यु आरले भाटभटेनी र एन आई सी एशिया बैंकसँगको सहकार्यमा विजयादशमीको सु – अबसरमा बडा छुट अफर सार्बजनिक गरेको छ ।

यस अवसर अन्तर्गत ग्राहकहरुले जुत्ता तथा कपडा खरिदमा भाटभटेनीले उपलब्ध गराएको छुटमा स्मार्ट क्यु आर मार्फत भुक्तानी गर्दा थप १०% वा रू. ५०० सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यो अफर भाटभटेनीका सबै शाखाहरुमा लागु हुनेछ । स्मार्ट क्यु आरमा आबद्ध सबै बैंक तथा वालेटका ग्राहकहरुले यो अफर अन्तर्गत छुट प्राप्त गर्न सक्नेछन् ।
विजयादशमीमा हुने किनमेल कारोबारमा स्मार्ट क्यु आर प्रयोगकर्तालाई सहुलियत दिने तथा विद्युतीय भुक्तानी प्रवद्र्घन गर्ने उद्देश्यका साथ यो अफर सार्बजनिक गरिएको हो ।

भाटभटेनीका कुनै पनि शाखामा आइएमई पे, ग्लोबल स्मार्ट प्लस, एन आई सी एशिया मो बैंक, खल्ती, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, क्यु पे तथा विभिन्न सहकारीका एप मार्फत पनि भुक्तानी गर्न सकिनेछ ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार  ११ : ०८ बजे

गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी-बराहक्षेत्र र पाथीभरा जोडिने

खोटाङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी-बराहक्षेत्र र पाथीभरालाई

छ करोडको लागतमा तनहुँको बुल्दीखोलामा पुल बन्दै

तनहुँ । व्यास नगरपालिका-१ र २ जोड्नेगरी कराङकाठ-बसपार्क जाने बुल्दीखोलामा

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु

स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जित्यो

काठमाडौं । स्पेनिस ला लिगाको उपाधि रियल म्याड्रिडले जितेको छ