काठमाडौ । नेपाल राष्ट्र बैंकबाट अनुमति पत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिजले नेपालमा १२०+ शाखा रहेको चेन स्टोर बिगमार्टमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाइ अफर ल्याएको छ ।
जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा एकपटकमा १०%, अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् ।
यो छुट पाउँन एससिटी यूपिआइ कार्ड प्रयोग गरी POS मेसिन मार्फतनै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।
एससिटीले यस अघि बिगमार्टमै एससिटी Smart Wednesday अफर दिदै आएको थियो जसमा एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससिटी यूपिआइ कार्डबाट भुक्तानी गर्दा १०% छुट पाउथे ।
सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससिटी को सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससिटी यूपिआइ कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।
प्रतिक्रिया