काठमाडौं । गण्डकी र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । राति लगभग मौसम सफा हुने विभागले जनाएको छ ।


















प्रतिक्रिया