५ श्रावण २०८३, मंगलबार | July 21, 2026

चक्लेटमा भन्सार घटाएर आयातलाई प्रोत्साहन गरेको भन्दै काँग्रेसको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले चकलेटमा भन्सार घटाउने सरकाले विद्युतीय गाडीमा भन्सार बढाएर दुनियाँ हँसाएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभामा भैरहेको विनियोजन विधेयकमाथि जारी छफलफलमा बोल्दै काँग्रेसका प्रमुख सचेतक खाँडले टिप्पणी गर्नुभयो,
‘सरकारले चक्टलेमा भन्सार घटाएर चक्लेटी निर्णय गरेको छ ।’ मुलुकको आवश्यकता हेरेर भन्सार बढाउने र घटाउने निर्णय गर्नुपने त्यसो हुन नसकेको भन्दै खाँडले सरकारलाई ‘चकलेटी सरकार’को संज्ञा दिनुभयो ।

उहाँले भन्नुभयो “हाम्रो सरकार चकलेटी सरकार हो । चकलेटको भन्सार घटाउने गहुँको भन्सार बढाउने ।” उहाँले विद्युतीय सवारी साधनमा भन्सार वृद्धि गरिएकोमा आपत्ति जनाउनुभयो । ‘चकलेटमा भन्सार घटाउने, स्वदेशी चुईंगममा अन्तशुल्क लगाउने अनि आयात प्रतिस्थापन हुन्छ ?’, खाँडले प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो “तीन बर्ष भित्र काठमाण्डौ उपत्यकामा सबै विद्युतीय सवारी साधन चलाउने भन्ने अनि अहिले ठ्याक्कै तेश्रो बर्षमा विद्युतिय सवारीलाई निषेध गरेर उपत्यका मात्रै होइन नेपालबाटै वर्हिगमन गर्ने ? ”

सरकारले चकलेटको भन्सार दर घटाएको छ । विदेशी चकलेटको आयातलाई प्रोत्साहन हुने गरी भन्सार दर घटाउँदा नेपाली चकलेट उद्योगहरु मारमा पर्ने देखिएका छन् । यस्तै, सरकारले बजेटमा नेपाली चुईंगम उद्योगलाई समेत १० प्रतिशत अन्तशुल्क लगाइदिएको छ । जसका कारण चुईंगममा आत्मनिर्भर बन्ने अवस्थामा पुगेका उद्योगहरु संकटमा परेका छन् ।

वर्षेनी १ अर्ब ७७ करोडका चुईंगम आयोत हुन्छ भने नेपालमा १ अर्ब बढीको चुईंगम उत्पादन हुन्छ । स्वदेशी उद्योगलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै अन्तशुल्क लगाईंदिदा उद्योग नै बन्द गर्नुपर्ने अवस्थामा पुगेको उद्योगीव्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७७, आइतबार  ३ : ४६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं