२७ श्रावण २०८३, बुधबार | August 13, 2026

बागेश्वरीका मुल महन्तबाट ८ महिनाकी गर्भवती महिलामाथि हातपात



नेपालगन्ज । नेपालगन्जमा अवस्थित बागेश्वरी मन्दिरका मुल महन्त चन्दननाथ योगीले मन्दिर दर्शन गर्न आएकी गर्भवती महिलामाथि हातपात गर्नुका साथै दुर्व्यवहार गरेका छन् । सोमबार साँझ बागेश्वरीको आरतीमा सरिक हुन पुगेकी नेपालगन्ज १२ कोरियनपुरकी ८ महिनाकी गर्भवती सरिता पाठकमाथि मुल महन्त योगीले हातपात गर्नुका साथै दु्र्व्यवहार गरेका हुन् ।

मन्दिर दर्शनका लागि पुर्वी ढोकाबाट प्रवेश गर्नेक्रममा ढोकामा उभिएका महन्तले ढकेलेर ढोका बाहिर लडाईदिएको पीडित सरिताका श्रीमान पंकज मिश्रले बताएका छन् । महन्तले ढकेलेर ढल्न पुगेकी सरितालाई उनकी नन्द पुनम मिश्रले बचाएको पंकजले बताए । उग्ररुपमा प्रस्तुत भएका मुल पुजारी योगीले दर्शनार्थीहरुलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको र बल प्रयोग गर्दै हातपात समेत गरेको मिश्रले बताए । ‘बहिनीले थामेकीहुनाले मेरी श्रीमती बचिन, अन्यथा गर्भवती श्रीमतीलाई जे पनि हुन सक्थ्यो ।’ उनले भने ।

महन्तको ज्यादतीका विरुद्ध मिश्रले कानुनी उपचार खोज्ने बताएका छन् । महिला त्यसमाथि पनि गर्भवती माथि महन्तबाट भएको ज्यादती विरुद्ध कानुनी उपचार खोज्ने मिश्रले बताए ।

महन्तको दादागिरि बागेश्वरीमा यो नै पहिलो होइन । यस अघि पनि समाचार संकलन गर्न गएका पत्रकारहरुलाई ढकेलेर निकाल्ने, पुजा गर्न लाईनमा बसेका भक्तहरुलाई गालीगलौज गर्ने र आफ्नै मातहतका सहायक पुजारीहरुमाथि अपशब्द प्रयोग गर्ने गरेको गुनासो आउने गरेको छ । वरिष्ठ पत्रकार जे पाण्डे देखि पत्रकार गोपी बुढा, खबरकुरा सम्पादक शरण कर्माचार्य लगायतका पत्रकार महन्तको आक्रमणमा परिसकेका छन् ।

हण्डी बापत बागेश्वरीको जग्गा बुझेर पनि मन्दिरको नाममा रहेको ८३ बिगाहा बढी जग्गालाई राजगुठीबाट रैतान नम्बरीमा परिणत गर्दै जग्गा बेचेर मन्दिरको जग्गा अपचलन गरेको विषयमा महन्त माथिको अनुसन्धान अख्तियारले गरिरहेको छ । मन्दिरमा पटक पटक चढाईएको सुनचाँदी जस्ता भेटीमाथि पुजारीले हिनामिना गर्ने गरेको समेत आरोप छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ७ : ४८ बजे

अमेरिकी खोप नीतिमा परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति

जेनेभा । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले संयुक्त राज्य अमेरिकामा बालबालिका

१५ बुँदे सङ्कल्पसहित एनआरएनएको ‘डब्लिन घोषणापत्र’ जारी

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १७औँ युरोप क्षेत्रीय सम्मेलनले

सुत्केरीसहित दुई जनाको हवाई उद्धार, ज्यान जोगियो

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुबाट एक सुत्केरीसहित दुई जनाको नेपाली

एमाले बागमती संसदीय दलको नेता हटाउन अविश्वास प्रस्ताव दर्ता

हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ

परराष्ट्र नीतिलाई सन्तुलित र परिणाममुखी बनाउनुपर्नेमा जोड

काठमाडौं । बदलिँदो अन्तरराष्ट्रिय तथा क्षेत्रीय परिवेशमा नेपालको परराष्ट्र नीतिको