४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

टीकाको उत्तम साइत कुन देशमा कति बजे छ ?



काठमाडौं । यस वर्ष विजयादशमीको साइत भोलि बिहान ११ः५१ बजे उत्तम रहेको छ । नेपाल पञ्चांग निर्णायक विकास समितिका अनुसार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिनेछ । पूर्वी मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ ।

विजयादशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्नेछ ।

देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ । केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ ।

समितिले विश्वका विभिन्न देशका लागि स्थानीय समय अनुसार उत्तम साइत सार्वजनिक गरेको छ । भारतमा १०ः४५, अमेरिकाको न्युयोर्कमा ११ः११ को समयमा टीका लगाउन सकिनेछ । अमेरिकाका विभिन्न सहर अनुसार साइतको समय पनि फरक रहेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ८ : ०९ बजे

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण