४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

नवरात्रको अन्तिम दिन : शक्तिपीठमा लाखौँ भक्तजन



काठमाडौं । नवरात्र अर्थात् बडादसैँको नवौँ दिन देशभरका देवी मन्दिरमा झरीका वास्ता नगरी भक्तजनको बिहानैदेखि भीड लागेको छ । दुर्गा पक्षसमेत भनिने यस अवसरमा नवरात्रको अन्तिम दिन परेकाले पनि आज बिहानैदेखि झरीको परवाह नगरी देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो ।

नवरात्रको अन्तिम दिन आज बिहानैदेखि राजधानीलगायत देशभर वर्षा भइरहेको छ । शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीसाधनको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीसाधनको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । महानवमीको दिन भएकाले आज धेरैैले सवारीसाधनमा पूजा आराधना गरी घरमै थन्क्याएका कारण पनि सडक सुनसान छ ।

अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने अवस्था छ । सवारीसाधन कम भएपछि राजधानीको वातावरणमा धुवाँ धुलोको मात्रा कम छ । राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ । आज पनि महाअष्टमीमा जस्तै बलिसहित पुजा आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । राजधानीका प्रत्येक शक्तिपीठमा आज हजारौँ सङ्ख्यामा भक्तजन लामवद्ध छन् ।

वर्षमा एकदिनमात्र खुल्ने हनुमानढोका दरबारको तलेजु भवानी मन्दिरमा पनि बिहानैदेखि हजारौँ भक्तजन लाममा बसेका छन् । घटस्थापनाका दिन राखेकोे जमरा आज शक्तिपीठमा लगी चढाउने चलन छ । यसैगरी वर्षमा एक दिनमात्र खुल्ने गोकर्ण राजनिकुञ्जभित्रको वनदेवी मन्दिरमा पनि बिहानैदेखि हजारौैँ भक्तजन लाममा बसेका छन् । नेपाल ट्रष्टको कार्र्यालयअन्तर्गतको गोकर्ण वनमा रहेको यो वनदेवी मन्दिर प्रत्येक शारदीय नवरात्रको महाअष्टमी र महानवमीका दिनमात्र खुल्ने गर्छ ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको घुइँचो छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, पाल्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको बताइएको छ ।

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगत दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजा आराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भएपनि डेङ्गुको त्रास बढेको छ । यस वर्ष डेङ्गुबाट सुरक्षित भएर दशैँ मनाउन प्रशासनले आह्वान गरेको छ । वर्र्षा निरन्तर भइरहकाले पनि यस्ता रोगबाट बचेर पर्व मनाउन आह्वान गरिएकोे छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलबार  ३ : २८ बजे

विश्वकप लिग-२ मा आज नेपाल र स्कटल्याण्ड भिड्दै

काठमाडौं । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपाल र

आजको मौसम : केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव

कांग्रेसको केन्द्रीय लेखा समितिमा तीन सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय लेखा समितिमा तीन सदस्य

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण