१५ बैशाख २०८१, शनिबार | April 28, 2024

राप्ती नदी बढेर खतराको चिन्ह पार, तटीय क्षेत्रका स्थानीयलाई सावधानी अपनाउन आग्रह



नेपालगन्ज । अबिरल वर्षापछि बढेको राप्ती नदिको बहावले खतराको चिन्ह पार गरेको छ । जिल्ला विपद व्यवस्थापन समिति बाँकेले आज साँझ एक सूचना प्रकाशित गर्दै तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सावधानी अपनाउन आग्रह गरेको छ ।

राप्ती नदिको सतह साँझ ५ः३० बजेको समयमा बढेर ६.४५ मिटर पुगेको भन्दै तटीय क्षेत्रका स्थानीयलाई नदिको किनारमा नजान, अग्लो भूभाग तर्फ बस्न र सूचनाको लगातार जानकारी लिन समितिले आग्रह गरेको हो । राप्ती नदिको सतह मापनको मापदण्ढ अनुसार ५ मिटरदेखि माथिको बहावलाई सतर्कता र ५.४ मिटर देखि माथिको अवस्थालाई खतराको चिन्हकारुपमा हेर्ने गरिन्छ ।

विपद व्यवस्थापन समितिले तटीय क्षेत्रमा दाउरा छोप्न जाने, माछा मार्ने, नुहाउने जस्ता कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ । समितिले विपदमा उद्दार गर्ने टोलि समेत तयारी अवस्थामा राखेको समेत जनाएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : २६ बजे

पाल्पाको तिनाउ सिमखोलामा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु

बुटवल । पाल्पाको तिनाउ गाउँपालिका २ सिसखोलामा ट्रिपरको ठक्करबाट एक

बाग्लुङबाट पोखरा आउँदै गरेको बस दुर्घटना, १९ घाइते

पोखरा । बागलुङबाट पोखरा आउँदै गरेको बस आज साँझ पोखरा

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म