२८ श्रावण २०८३, बिहिबार | August 13, 2026

आजको मौसम : गोरखा, धादिङ, पाल्पा, स्याङजालगायत दर्जनबढी जिल्लामा भारी वर्षा, पहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं । गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

बिहीबारदेखि नै लगातार रुपमा भारी वर्षा भएपछि यी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम भएको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ ।

चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : ५८ बजे

पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न

किशोर श्रेष्ठको निवासमा मध्यरातमा प्रहरीको छापा, पत्रकारद्वारा विरोध

काठमाडौं । बुधबार साँझ पक्राउ परेका ‘जनआस्था’ साप्ताहिकका सम्पादक एवं

रोल्पामा पहिरोले घररगोठ पुरिँदा दुईको मृत्यु दुई जना घाइते : थप विवरण आउन बाँकी

रोल्पा । अविरल वर्षाका कारण पहिरो जाँदा यहाँस्थित थबाङ गाउँपालिका-५

प्रचण्डद्वारा पत्रकार किशोर श्रेष्ठको पक्राउप्रति आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्रकार