४ पुस २०८२, शुक्रबार | December 19, 2025

आजको मौसम : गोरखा, धादिङ, पाल्पा, स्याङजालगायत दर्जनबढी जिल्लामा भारी वर्षा, पहिरोको उच्च जोखिम, सतर्कता अपनाउन आग्रह



काठमाडौं । गोरखा, धादिङ, लमजुङ, तनहुँ, पाल्पा, स्याङजा, नवलपरासी, कपिलवस्तु, दाङ, प्यूठान, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका केही ठाउँमा ठूलो वर्षा भएको छ ।

बिहीबारदेखि नै लगातार रुपमा भारी वर्षा भएपछि यी क्षेत्रमा बाढी पहिरोको उच्च जोखिम भएको भन्दै सचेत रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै, भेरी नदीमा जलसतह खतरा तह आसपास पुगेको छ । थप वर्षा हुने देखिएकाले भेरी नदीको रिम्नादेखि कर्णाली दोभानसम्म ६ घण्टा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

यस्तै, बबई जलाधारको रानीजरूवा, रम्बापुर र बर्दियाको केही ठाउँमा ठूलो वर्षा भएको छ ।

चेपाङमा सतह केही घट्दो छ र थप वर्षाले गर्दा तल्लो तटीय क्षेत्रमा सतह थप बढ्ने, खतरा भन्दा माथि नै हुने, बर्दियाको डुबान हुने जोखिम रहेकाले सुरक्षित रहन भनिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ६ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको