१७ बैशाख २०८१, सोमबार | April 29, 2024

पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा र पृथ्वीराजमार्गको मुग्लिन-पोखरा सडक खण्ड अवरुद्ध



बुटवल । अविरल वर्षाले सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्डका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेर रातिदेखि नै यातायात सेवा अवरुद्ध भएको छ ।

राजमार्गअन्तर्गत पाल्पाको भालेबास, जरेपिपपल, गौडेपुल, हिउँदेखोला, सिद्धबाबालगायत स्थानमा दर्जनभन्दा बढी पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा पहिरो खसेपछि यातायात सेवा रातिदेखि नै अवरुद्ध भएको हो ।

राजमार्गको पिपलडाँडा क्षेत्रमा पनि माथिल्लो भागबाट खसेको लेदो माटोका कारण सवारी साधन ओहोरदोहोरमा समस्या भएको छ । दोभान प्रहरी चौकीका अनुसार वर्षा कमी हुनासाथ सडक डिभिजनको समन्वयमा पहिरो पन्छाइने छ ।

हिउँदेखोला, चर्चरेलगायत स्थानमा खसेको पहिरो सडक डिभिजन कार्यालयसँग समन्वय गरेर पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि तराईका विभिन्न जिल्लामा हिँडेका र तराईबाट पहाड हिँडेको यात्रु तथा सवारी साधन बीच बाटोमै अलपत्र परेका छन् ।

यस्तै, पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको दुई स्थानमा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । शुक्रबार बिहान जिल्लाको म्याग्दे-१ गुणादी र व्यास नगरपालिका-१२ घाँसीकुवामा पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग खुलाउन एस्काभेटर र डोजर परिचालन गरिसकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । राजमार्ग अबरुद्ध भएकाले सयौँ सवारीसाधान रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ८ : ३५ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।