१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बारा बस दुर्घटना : मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत



बारा । पूर्व पश्चिम राजमार्ग अन्र्तगत बाराको अमलेखगंज सडकखण्डमा बिहिबार भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।

भरतपुरको चितवन मेडिकल कलेजमा उपचार गराइरहेकी एक बालिका र एक महिलाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १८ पुगेको हो ।

गएराती बारा करैयामाई २ घर भई हाल चितवन भरतपुर १२ बस्दै आएकी १६ वर्षीय प्रितिका चौधरीको नयां मेडिकल चितवनमा र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसियाको नारायणी उपक्षेत्रीय अस्पताल बिरगंगजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवंम् नायव उपरिक्षक राजेश थापाले जानकारी दिए ।

मृत्यु हुने अन्य सबैजनाको सनाखत भइसकेको छ । मुत्युहुनेमा बारा जिल्ला कलैया उपमहानगरपालिका–२ का ४१ वर्षीय लिलाराज चौधरी, चितवन खैरहनी–५ बुडौलीका ६३ वर्षीय नन्द कुमारी पुडासैनी, चितवन कालिका रमाईलो चोक बस्ने शंकर कडेलको छेरा १४ वर्षीय सफल कडेल, पर्सा बिरगंज १६ का ६५ वर्षीयसोम प्रसाद चौरासिया, सोही ठाउकी ३६ वर्षीय मन्निदेवी चौरासिया, मकवानपुर हेटौडा ७ की ५६ वर्षीय शुभलक्ष्मी श्रेष्ठ, सोही ठाउकी १९ वर्षीय सोस्तिका श्रेष्ठ रहेका छन् । यसैगरी, बारा कलैया १० की ३५ वर्षीय नाजलिन खातुन, बारा जितपुरसिमरा २ का २८ वर्षीय सुरेश बि.क, बारा कलैया १० का २५ वर्षीय ईताजत अंसारी, ओखलढुङ्गाका लाल बहादुर बोगटी रहेका छन् । यस्तै, चितवन खैरेनी ५ का ३५ वर्षीय मनोरथ पुडासैनी, गोर्खाकी ३५ वर्षीय अम्बिका कँडेल, धनुषा जनकपुर ५ का ५० वर्षीय कोसन्तोष कुमार राय, बारा करैयामाई २ घर भई हाल जिल्ला चितवन भरतपुर १२ की १६ वर्षीय प्रितिका चौधरी, बारा स्वर्ण ७ को ५५ वर्षीय रामआश्रय राय यादव, पर्सा सखुवाप्रसौनी ६ लखनपुर का ५५ वर्षीय गया राउत कम्कर र पर्सा बिरगंज १६ नगवा की ६० वर्षीय मालती देवी चौरसिया रहेका छन ।

बागमती प्रदेश ०६–००१ ख ०११० नम्बरको बस ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुसन्धान गरेको छ । घाइतेहरुको चितवन, हेटौडा र बिरगंजका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १२ : ०४ बजे

पन्ध्र दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले मुलुकमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा

सरकारद्वारा शासकीय प्रबन्ध लागू गर्ने एक सय कार्यसूची सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले समग्र कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको