९ पुस २०८२, बुधबार | December 24, 2025

टिकट नपाएपछि गंगा सत्गौवा चौधरीले छोडिन एमाले, स्वतन्त्रबाट चुनाव लड्ने



काठमाडौं । नेकपा एमालेकी नेतृ एवं पूर्वसांसद गंगा सत्गौवा चौधरीले एमाले छोडेकी छिन् ।

पार्टीले प्रतिनिधिसभाको प्रत्यक्षमा दाङ क्षेत्र नं. १ बाट टिकट नदिनेभएपछि चौधरीले एमाले छोडेकी हुन् । चौधरीले अब स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले दाङ १ बाट स्वतन्त्रमा उम्मेदवारी दिने जनाएकी छिन् । उनले एक महिना अघि एमालेकी अर्की सांसद शान्ता चौधरीसँग फोटो सेयर गर्दै दाङ क्षेत्र नं १ बाट आगामी संघीय चुनावमा हामीमध्ये जसले टिकट पाए पनि एक अर्कालाई सघाउने निर्णय गरियो ।’

तर चौधरीले एक स्टाटस लेख्दै भनेकी छिन्, ‘आज मैले ठिक निणर्य गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैं लागि रहने छु जनता भगवान हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उमेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरुको साथ चाहिएको छ ।’

पहिले थरुहट तराई पार्टी नेपाल र त्यसपछि एमालेबाट गरी चौधरी दुर्इ पटक समानुपातिक सांसद भएकी थिइन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  १ : २५ बजे

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड

सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै

काठमाडौं । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा),

निर्वाचन ७१ दिन बाँकी : चुनावी गतिविधि तीव्र, समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दलहरु

काठमाडौं । प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर : ४८९ जनाले लिए सेवा

खजुरा । बाँकेको खजुरामा निःशुल्क आँखा तथा कान स्वास्थ्य शिविर