२९ पुस २०८२, मंगलबार | January 13, 2026

जुम्ला पहिरो अपडेट : घर पुरिँदा सातजनाको मृत्यु, दुई घाइते



जुम्ला। जुम्लामा पहिरोले घर पुरिँदा एकै परिवारका सातजनाको मृत्यु भएको छ । पहिरोमा परेर दुई जना गम्भीर घाइते भएका छन् ।

जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ बारकोटेबाडामा स्थानीय गणेशबहादुर शाहीको घर पहिरोले पुरिँदा सातै जनाको घट्नास्थलमै मृत्यु भएको जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले लाई जानकारी दिए ।

“बिहान चार बजे पहिरोले घर पुरिएको खबर प्राप्त भएको छ, घर पुरिँदा सबैजना सुतिरहेका रहेछन्, उम्किनै पाएनन्”, उनले भने, “प्रहरी र स्थानीयले सातै जनाको शव निकालेका छन्, घाइतेलाई स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ ।”

जुम्लामा निरन्तर वर्षा भइरहेको छ । घट्नास्थलमा पुग्ने सडक सबै भत्किएको छ । जिल्ला सुरक्षा समितिको टोली पैदल घट्नास्थलतर्फ जाँदै गरेको डिएसपी चन्दले बताए । “हामी सबै बाटोमै छौँ, सडक बनाउँदै अघि बढ्दै गरेको अवस्था हो”, उनले बताए “साँझसम्म घट्नास्थलमा पुग्ने आश गरेका छौँ ।” सदरमुकामबाट चिकित्सकसमेत साथमा लिएर जान लागेको डिएसपी चन्दले बताए । वर्षाका कारण जिल्लाभरि टेलिफोन सेवासमेत अवरुद्ध भएको उनको भनाइ छ ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरामा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्री खाणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिालयले जनाएको छ ।

गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार  १ : ५९ बजे

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

कांग्रेस विशेष महाधिवेशन : दुई महामन्त्रीका प्रस्ताव पारित, भोलि निर्वाचन

काठमाडौँ । नेपाली कांग्रेस विशेष महाधिवेशन पक्षधरको आह्वानमा सोमबारदेखि सुरु

पद चाहिएको छैन, महाधिवेशनलाई उपलब्धिपूर्वक टुङ्ग्याउनु छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशबाट आफूलाई