२३ बैशाख २०८३, बुधबार | May 6, 2026

सत्ता गठबन्धनसँग सहमतिपछि लोसपाले टुंग्यायो प्रतिनिधिसभाका उम्मेदवार (सूचीसहित)



काठमाडौं । सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति भएको छ । शनिबार भएको सहमितमा लोसपाले प्रतिनिधि सभातर्फ आठ सिट पाएको छ ।

सहमतिसँगै लोसपाले प्रतिनिधि सभातर्फका उम्मेदवार पनि टुंग्याएको छ । यस्तै लोसपाले प्रदेश सभातर्फ १६ सिटमा सहमति गरेको छ । लोसपाका अनुसार सप्तरी २ मा जयप्रकाश ठाकुरले टिकट पाएका छन् ।

यस्तै धनुषा ३ मा अनिलकुमार झा, महोत्तरी २ मा शरतसिंह भण्डारी, महोत्तरी ३ मा महन्थ ठाकुर, सर्लाही १ मा रामप्रकाश चौधरी, सर्लाही २ मा राजेन्द्र महतो, बारा ३ मा प्रमोद गुप्ता र पर्सा १ मा लक्ष्मणलाल कर्णले टिकट पाएका छन् ।

लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन् ।

बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए । जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो ।

यस्तो छ लोसपाका उम्मेदवारको सूची

१.सप्तरी २ जय प्रकाश ठाकुर

२.धनुषा ३ अनिलकुमार झा

३.महोत्तरी २ शरत सिंह भण्डारी

४.महोत्तरी ३ महन्थ ठाकुर

५.सर्लाही १ राम प्रकाश चौधरी

६.सर्लाही २ राजेन्द्र महतो

७.बारा ३ प्रमोद गुप्ता

८.पर्सा १ लक्ष्मण लाल कर्ण

प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार  ७ : २८ बजे

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिबाट ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक (नामावलीसहित)

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको

विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा श्रेष्ठ

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा दीर्घायुकुमार श्रेष्ठ

सिंहदरवार भित्र कै ‘क्यान्टिन’मा म्याद गुज्रेको दही, दुई लाख पाँच हजार जरिवाना

काठमाडौँ । सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको

सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा

लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ आमाबाट जन्मिएका सबै शिशु संक्रमणमुक्त

बुटवल । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा एचआइभी संक्रमित ४३ जना