१५ बैशाख २०८१, शनिबार | April 27, 2024

पूर्व सभामुखले हलोको अनौ समाएपछि………



बुटवल । पूर्वसभामुख तथा माओबादी जनयुद्धका मुख्य अभियन्ता कृष्णवहादुर महराले बारी जोतेको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । राजनितीक जिवनको २५ वर्ष पछि आफ्नो वारी जोतेका महराको फोटो केहि मिडियामा आएपछि सबैले महराको जोतेको फोटोलाई महत्वका साथ समाचार बनाईरहेका छन् ।

लामो समयदेखि काठमाण्डौको बसाई पछि सपरिवार जन्मथलो रोल्पा आएका महराले मकै छर्नका लागी वारी जोतेका थिए । महरालाई उनका छोरा र वालसखाहरुले बारी जोत्नलाई साथ दिएका थिए । राजनीति गरेदेखि कहिले भुमिगत जिवनशैलीका कारण त कहिले पार्टीको जिम्मेवारीका कारण बाहिरको बाहिरै बस्ने गरेका पूर्व सभामुख महरा यसपटक खेतिपातीको कामका लागि परिवारका सबै सदस्य आफ्नो पुर्ख्यौली घर पुगेका हुन् । लकडाउन पछि पटक पटक गृहजिल्ला आएका महराले यस पटक भने वारी जोत्न समेत भ्याएका हुन ।

उनी २०४८ सालको संसदीय निर्वाचनमा रोल्पा निर्वाचन क्षेत्र नं.२ वाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । त्यसपछिको निर्वाचनमा दाङलाई समेत कार्यक्षेत्र बनाएका महराको बसाई रोल्पा भन्दा बढी काठमाडौ नै हुने गरेको थियो । २०५२ साल फाल्गुन १ गते सशस्त्र युद्ध घोषणा हुनु पुर्व नै महरा भूमिगत भएका थिए । भूमिगत पछि महराको घर आउजाउ पूर्ण रुपमा वन्द भयो । दोश्रो जनआन्दोलन पछि सुरु भएको शान्ति प्रकृयाको केन्द्रीय भूमिकामा रहेका महराले रोल्पा नपा १ मेवाङमा रहेको घरलाई समय दिन सकेका थिएनन् । युद्धकालभर महराको घर वेवारिसे थियो ।

रोसनीकाण्डका कारण केहि समय जेल बसेका महरा जेलवाट छुटे लगत्तै १ हप्ता आफ्नै घरमा विताएका महरा त्यस पछि पनि पटक पटक घर आउजाउ गरिरहेका छन । उनको समकालिन कार्यकर्ताहरु तथा साथिहरुले महरालाई मेवाङमै वस्न आग्रह समेत गरेकाछन् ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  ९ : १९ बजे

‘पर्यटन, कृषि, जलविद्युत परियोजनामा लगानी जुटाउन सके मुलुक समृद्ध बन्छ’

काठमाडौं । आइतबारदेखि दुईदिने ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ नेपालमा सुरु

करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सीले लियो गरिब तथा जेहेन्दार विद्यार्थीको अभिभावकत्व

बुटवल । बुटवलमा संचालनमा रहेको करीयर प्लानिङ एजुकेशन कन्सलटेन्सी प्रालीले

इलाम-२ को राति ११ बजेपछि र बझाङको भोलि बिहान १० बजेपछि मतगणना हुने

काठमाडौं । इलाम-२ को मतपेटिका राति ११ बजेसम्म मतगणना स्थलसम्म

हिमचितुवा घिमिरेले राखे नयाँ कीर्तिमान

काठमाडौं । विश्वप्रसिद्ध किक बक्सर अबिरल घिमिरेले ‘हिट ५३ प्रोफेसनल

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै