३१ जेष्ठ २०८३, आइतबार | June 14, 2026

रातभरी जाग्राम बसेर महालक्ष्मीको पुजा अर्चना गरेसँगै सकियो बडादशैं



काठमाडौं । रातभरी जाग्राम बसेर कोजाग्रत पुर्णिमा ब्रत सकिएसँगै यस वर्षको बडा दशैं सकिएको छ । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेर हिन्दु नेपालीले यस वर्षको बडादसैँलाई बिदा गरेका छन् ।

हिन्दु नेपालीले भव्यरूपमा मनाउने दुर्गापक्ष अर्थात् बडादसैँ पर्वको अन्तिम दिन आइतबार आश्विन शुक्ल पूर्णिमाको राति जाग्राम बसेर महालक्ष्मीको पूजा आराधना गर्ने गरिन्छ । आश्विन शुक्ल पूर्णिमाको रात्रिमा जाग्राम बसेपछि १५ दिन लामो यो पर्व समापन हुन्छ । जाग्राम बसेर पुजा आराधना गर्ने पुर्णिमा भएकै कारण आश्विन शुक्ल पूर्णिमालाई कोजाग्रत पुर्णिमा भनिएको हो ।

आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु भएको दुर्गापक्ष अर्थात् दसैँ पर्व आम हिन्दु नेपालीले धुमधामकासाथ मनाउँदै आएका छन् । आश्विन शुक्ल पूर्णिमाको सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वासका आधारमा कोजाग्रत पुर्णिमाको ब्रत बस्ने गरिएको धार्मिक अगुवाहरुको भनाई छ ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गापक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिन सम्म रहन्छ । यो पूर्णिमालाई कौमुदी पनि भनिन्छ । कोजाग्रत पुणिमाका दिन महालक्ष्मी सहित ईन्द्रको पनि पुजा गर्ने गरिन्छ ।

 

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ७ : २६ बजे

नेपालगञ्जमा प्रथम वडा कप शारीरिक सुगठन प्रतियोगिता, ओम फिटनेस टिम च्याम्पियन

नेपालगञ्ज । पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम वडा कप

ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

नेपालगन्ज । बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु

प्रधानमन्त्री शाहले सार्वजनिक गरे ‘देश बनाउने टोलि’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आफ्नो ‘देश बनाउने

नेपालगन्ज-हुम्ला उडानमा भारतीय नागरिकको घुँईचोे

हुम्ला । पर्यटकीय याम सुरु भएसँगै हिमाली जिल्ला हुम्लाको सिमकोट

राष्ट्र बैङ्कको अध्ययन : औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव

काठमाडौं । मुलुकको औद्योगिक क्षेत्रका लागि दक्ष जनशक्तिको अभाव, कच्चा