१२ असार २०८३, शुक्रबार | June 26, 2026

वासुदेव घिमिरे नै बने रुपन्देही-५ मा एमालेको आधिकारिक उम्मेदवार



भैरहवा । एउटै निर्वाचन क्षेत्रमा दुईजनालाई एमालेले सिफारिस दिएपछि अन्योल बनेको रुपन्देही-५ मा बासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि आइतबार भएको मनोनयन दर्तामा एमालेबाट क्षेत्र नम्बर ५ को प्रतिनिधिसभाका लागि घिमिरे र खिमलाल भट्टराईले सिफारिस पाएका थिए । शनिबारसम्म सो क्षेत्रमा कसले चुनाव लड्ने भन्ने निधो नभएपछि भट्टराईलाई समेत सिफारिस दिइएको थियो ।

एउटै पार्टीका दुईजनाको उम्मेदवारी दर्ता भएपछि पहिला दर्ता गराउनेले आधिकारिता पाउने निर्वाचन निर्देशिका २०७९ मा उल्लेख भएबमोजिम घिमिरेलाई आधिकारिकता दिएको निर्वाचन अधिकृत चिन्तामणि शर्माले जानकारी दिए ।

घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका थिए । निर्देशिकामा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ ।

निर्वाचन अधिकृत शर्माले निर्वाचन ऐन तथा निर्देशिकाअनुसार पहिलोपटक दर्ता भएका घिमिरेलाई आधिकारिता प्रदान गरिएको बताए । घिमिरे तिलोत्तमा नगरपालिकाका पूर्वमेयर हुन् । भट्टराई राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएर मनोनयन दर्ता गर्न गएका थिए ।

प्रकाशित मिति : २४ आश्विन २०७९, सोमबार  ४ : ०१ बजे

राष्ट्रियसभा बैठक : जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले जनसरोकारका विभिन्न विषयमा सरकारको

भीमसेन थापा पुरस्कारबाट सीमाविद् श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रिय विभूति भीमसेन थापा प्रतिष्ठानले यस वर्ष सीमाविद्

रास्वपा महाधिवेशन : पदाधिकारीका चयनका लागि मतदान सुरू

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी चयनका लागि मतदान

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट

बागमती प्रदेशको गौरव – सालक

बागमती । बागमती प्रदेश सरकारले सालकलाई बागमती प्रदेशको गौरवको प्राणीका