४ जेष्ठ २०८३, सोमबार | May 18, 2026

भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ



काठमाडौं । असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन । पर्सा बहुदरमाई नगरपालिका-२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ ।

साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ४४ बजे

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं । चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको

स्कटल्यान्डले नेपाललाई दियो १९५ रनको लक्ष्य

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज जारी खेलमा

कामु प्रधानन्यायाधीशको आदेशपछि ‘दरपिठ’ निवेदन दर्ता हुने

काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई गरिएको सिफारिसविरुद्ध दायर रिट

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं । घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीका सांसदद्वारा पर्चा देखाएर विरोध प्रदर्शन

काठमाडौं । प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीले पर्चा देखाएर विरोध