२९ पुस २०८२, मंगलबार | January 14, 2026

भारतीय नागरिकको हत्या गरेको आरोपमा पर्साका राजाबाबु पक्राउ



काठमाडौं । असोज २१ गते हत्या गरी फरार भएका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका–१९ रामघाट डेरा गरी बस्ने भारत कलकत्ता मेहेन्दीपुर पश्चिम बंगाल घर भएका ४७ वर्षीय दिलिप आदकको हत्या गरेको अभियोगमा श्रीलाल ठाकुर पक्राउ परेका हुन । पर्सा बहुदरमाई नगरपालिका-२ हांसवा घर भएका २५ वर्षीय राजाबाबु भन्ने श्रीलाल ठाकुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

आदकको उनकै कोठामा असोज १९ गते विहान शव फेला परेको घटनाको थप अनुसन्धानको क्रममा आदकसँगै बस्दै आएका श्रीलालले हत्या गरेको खुल्न आएपछि आदकलाई काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट पक्राउ गरेको हो ।

श्रीलालले काठ च्यापन प्रयोग हुने सकिन्जाले सुतिरहेको अवस्थामा टाउकोमा प्रहार गरी हत्या पश्चात शव कपडाले छोपी बाहिरबाट ताल्चा लगाई फरार भएको खुल्न आएको छ ।

साथै उनको कोठाबाट उक्त सकिन्जा र आधा फोडिएको बाकसमा रहेको नगद ४ लाख १९ हजार रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ६ : ४४ बजे

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौँ । अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बाँकेको सिधनिया घाटमा मकर स्नानका लागि विशेष व्यवस्था

नेपालगन्ज । बाँकेको राप्ती नदीस्थित सिधनिया घाटमा पहिलोपटक व्यवस्थित मकर

भोलिबाट नेपालगन्जमा व्यापार महोत्सव–२०८२ सुरु हुँदै

नेपालगन्ज । भोलिदेख नेपालगन्जमा संचालन हुने आठौँ प्रादेशिक घरेलु, कृषि,

टिपर दुर्घटनामा चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको धारापानीमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

बन्दसूचीबाट एकल चुनाव चिह्नसहितका १७५ उम्मेदवारबाट नाम फिर्ता

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत