२४ बैशाख २०८१, सोमबार | May 6, 2024

गल्याङ नगरपालिकाका स्वास्थ्य प्रमुख भण्डारी मृत भेटिए



स्याङ्जा । गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लीलाबल्लब भण्डारी मृत भेटिएका छन् । स्वास्थ्य प्रमुख भण्डारी आइतबार साँझ घरनजिकैको बारीमा रहेको राङ्सिङको रुखमा झुण्डिएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

भण्डारी घरभन्दा केही टाढा बारीमा रहेको घाँसको रुखमा झुण्डिएको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्राथमिक अस्पताल वालिङमा भण्डारीको शव पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । रिपोर्ट भने आइनसकेको छैंन । घटनाबारे अनुसन्धान शुरु भइसकेको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिनुभयो ।

गत वर्षदेखि गल्याङ नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख रही सेवा गर्दै आएका भण्डारी हालको कोरोना महामारीमा पनि लागि निरन्तर सेवामै खटिरहेका थिए ।

प्रकाशित मिति : २६ जेष्ठ २०७७, सोमबार  १० : २३ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,