१ असार २०८३, सोमबार | June 15, 2026

ट्याक्सी र मोटरसाइकल ठक्कर खाँंदा एकजनाको मृत्यु



भक्तपुर । भक्तपुरको पुरानो थिमी बाहाखा बजार भीमसेन चोकमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

सानोठिमीबाट निकोसेरातर्फ आउँदै गरेको बा १ ज ९०६० नम्बरको ट्याक्सी र विपरीत दिशातर्फ गइरहेको बा ८३ प ५४४८ नम्बरको मोटरसाइकल आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक नुवाकोट घर भई हाल काठमाडौं कपन बस्ने वर्ष ३१ का दिपेन्द्र पण्डित गम्भीर घाइते भई उपचारका लागि कोरियन अस्पताल थिमी पठाइएको थियो ।

प्रारम्भिक उपचारपश्चात थप उपचारका लागि अन्नपूर्ण न्युरो अस्पताल माइतीघर पठाइएकोमा उपचारकै क्रममा आइतबार उनको निधन भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी वृत्त थिमी भक्तपुरबाट अनुसन्धान अधिकृतसहितको टोली खटिई गई अनुसन्धान गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

दुर्घटनामा संलग्न दुवै सवारीसाधन र ट्याक्सी चालक भक्तपुर जिल्ला भक्तपुर नगरपालिका-१० बस्ने वर्ष ३९ का सुन्दर गोर्खाली वृत ठिमीको नियन्त्रणमा रहेको परिसका सूचना अधिकृत राजु पाण्डेले जनाए ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  १ : ५९ बजे

निजी लगानीमा क्रिकेट पूर्वाधार फस्टाउँदै, सरकारी रङ्गशाला अझै अधुरो

भैरहवा । रुपन्देहीमा क्रिकेट खेलको लोकप्रियता र पूर्वाधार विस्तार तीव्रगतिमा

मगर समुदायको प्रमुख पर्व भूम्या पर्व मनाईदै

बुटवल । मगर समुदायको नयाँ वर्ष ल्होछारपछि दोस्रो ठूलो पर्वका

भूम्या पर्वले प्रकृति संरक्षण र राष्ट्रिय एकतालाई बलियो बनाउँछ : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भूम्या पर्वले प्रकृति

ल्यान्डिङ गियरमा समस्या देखिएपछि बुद्ध एयरको जहाज काठमाडौं फर्काइयो

काठमाडौं । काठमाडौंबाट जनकपुरका लागि उडेको बुद्ध एयरको एक जहाजमा

बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

ढोरपाटन । काँधमा भारी । साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ । पसिनाले