काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन ।
बिहान पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी क्षेत्रमा मौसम सफा छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा आंशिकदेखि सामान्य बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ ।
सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ । राति गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रहने आकलन गरिएको छ ।
बुधबार पहाडी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।


















प्रतिक्रिया